जितपुर, कपिलवस्तु- ट्रकले ठक्कर दिँदा गएराति यहाँ दुई जनाको मृत्यु भएको छ।
बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।
उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।