काठमाडौं– पूर्व सांसद एवं चर्चित कम्युनिस्ट नेता बर्मन बुढा अस्पताल भर्ना भएका छन्। ललितपुरस्थित पाटन अस्पतालमा उनको उपचार भइरहेको छ।
रोल्पा थबाङका बुढालाइ सभामुख महराले भेटेका छन्। उनको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कसुर बाँकी नराख्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन्।
पेटमा समस्या देखिएपछि उनी बिहीबार पाटन अस्पताल भर्ना भएका हुन्।
बुढा नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेतामा गनिन्छन्। उनी २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।