दुनै, डोल्पा- उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन भएका छन्।
उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।
उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकास्थित २३ मतदाता भएको फोदगाउँ मतदान केन्द्रमा भने मतदान सम्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।