• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

हिमालय एयरलाइन्सको बक्यौता २५ करोड, बारम्बारको प्रतिबद्धता उल्लंघन गर्दै झारा टार्ने खेल

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १९, २०७६  १३:०८
1140x725

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने बक्यौता झन्डै २५ करोड रुपैयाँ पुगेको छ। विमानस्थल सेवा शुल्क बापतको बक्यौता रकम यति धेरै भइसक्दा पनि हिमालयले विमानस्थल कार्यालयलाई बारम्बार लिखित प्रतिबद्धता गर्दै झारा टार्ने काम गर्दै आएको छ। हिमालयले पुसयता मात्रै ४ पटक प्रतिबद्धता जनाइसकेको छ।

विमानस्थल कार्यालयका अनुसार हिमालयको मार्चसम्मको बक्यौता २३ करोड नाघिसकेको थियो। अप्रिल महिनाको बिलसमेत जोड्दा तिर्नुपर्ने रकम २५ करोडजति पुग्ने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री बताउँछन्। उनका अनुसार वर्षदिनको समयमा हिमालयले साढे ६ करोड मात्रै तिरेको छ।

हिमालयले शुक्रबार १ करोड रुपैयाँ तिर्ने र मासिक ७५ लाखका दरले किस्तामा रकम तिर्दै जाने लिखित प्रतिबद्धता गरेको क्षेत्री बताउँछन्। ‘अब हामीले अन्तिम एक पटक मौका दिएका छौं। भोलि शुक्रबार एक करोड रकम दाखिला नगरे प्रत्येक उडानमा एक घन्टाका दरले जहाज ग्राउन्डेड हुन्छ,' क्षेत्रीले भने।  तर, क्षेत्रीको यो भनाइ मंसिरदेखिको हो। तर, प्रधानमन्त्रीका रुपमा केपी ओली आएपछि हिमालयले विमानस्थल सेवा शुल्क बापतको रकम तिर्नै छोड्यो (हिमालय एयरलाइन्ससँग प्रधानमन्त्रीको कनेक्सन)।

हिमालयले सन् २०१८ को जुलाईदेखि विमानस्थल सेवा शुल्क बापतको रकम दाखिला नगरेको विमानस्थल कार्यालयले बताएको छ। 

यसअघि विमानस्थल कार्यालयको ताकेतासँगै हिमालयले पुस २९ गते १० लाख रुपैयाँ रकम तिर्दै बाँकी रहेको बक्यौता रकम १० दिनभित्र तिर्ने लिखित प्रतिबद्धता गरेको थियो। तर, सो लिखित प्रतिबद्धता पनि उल्लंघन गरेको थियो। 

पुससम्ममा एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने शुल्क लामो सयमदेखि नतिर्दा १४ करोड १ लाख ७५ हजार रुपैयाँभन्दा बढी भएको थियो। अहिले यो रकम बढेर साँवा, ब्याज र जरिवानसहित २५ करोडको हाराहारीमा पुगेको हो।

पुसमा गरेको लिखित प्रतिबद्धता अनुसार हिमालयले १० दिनमा बक्यौता रकम नतिरेपछि फेरि विमानस्थल कार्यालयले माघ ४ गते थप एक महिनाको समय उपलब्ध गराएको थियो। उक्त समयमा रकम दाखिला नगरेपछि पुनः फागुनको पहिलो सातासम्म बक्यौता चुक्ता नगरे जहाज ग्राउन्डेड गरिदिने भन्दै कार्यालयले चेतावनीपत्र काटेको थियो। तर, शेर्पाले शक्तिको दुरुपयोग गर्दै त्यसअघि बक्यौता रकम तिर्न आलटाल गर्दै आएका थिए।

विमानस्थल कार्यालयको चेतावानीपत्रपछि हिमालयले १४ दिनभित्र बक्यौता रकम तिर्ने भन्दै लिखित प्रतिबद्धता गरेको थियो। तर, कार्यालयले १४ दिनको सट्टा एक महिनाकै समय दिएको थियो। त्यसबीचमा फागुन १५ गते हिमालय एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाको ताप्लेजुङका भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गयो। शोकमा रहेको एयरलाइन्स कम्पनीलाई पनि विमानस्थल कार्यालयले चैत महिनाभित्र कुनै ताकेता गरेन। तर, चैत महिना बितिसक्दा पनि हिमालयले रकम नतिरेपछि पुन: बक्यौता रकम चुक्ता गर्न भन्दै कार्यालयले हिमालयलाई पत्र काटेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

पत्रपछि हिमालयका चिनियाँ मालिक समेत छलफलमा उपस्थित भएको क्षेत्री बताउँछन्। उनीसँगको छलफलमा भोलि शुक्रबार १ करोड रुपैयाँ तिर्ने र मासिक ७५ लाख रुपैयाँका दरले पुरानो विमानस्थल सेवा शुल्क बापतको रकम तिर्दै जाने लिखित प्रतिबद्धता भएको उनको भनाइ छ। साथै मासिक रुपमा आउने बिल भने समयमै तिर्ने सहमति भएको उनको भनाइ छ। हिमालयको अहिले मासिक साढे १ करोडको हाराहारीमा बिल आउने गरेको छ।

विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीलाई हिमालय एयरलाइन्सले बक्यौता चुक्ता नगरेको अवस्थामा जहाज ग्राउन्डेड गराउनैपर्ने बाध्यता पनि छ। तत्कालीन शतप्रतिशत स्वदेशी लगानीमा रहेको सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई ४ करोड बक्यौता तिर्न नसक्दा क्षेत्रीले पुस २० गतेदेखि सौर्यको जहाज ग्राउन्डेड गराइदिएका थिए। त्यति मात्रै होइन उनले लामो समयदेखि बक्यौता चुक्ता नगर्ने मलेसियन निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसियाको उडान बन्द गराउनुपर्ने अवस्थामा पुर्‍याइदिएका थिए। एयर एसियासँग कार्यालयले ४० करोड रुपैयाँमध्ये साँवा बापतको २७ करोड रुपैयाँ असुली गरेको थियो।

नेपाल–चीन संयुक्त लगानीमा २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको छ। उसले कात्तिक १ गतेदेखि काठमाडौं–चोङकिङ (चीन) मा चार्टर उडानमार्फत सिधा उडान गरिरहेको छ। 
यसबाहेक मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ।
हिमालयसँग अहिले ३ वटा एयरबस छ। एउटा एयरबस भने भाडामा दिने तयारीसमेत गरिरहेको छ। 

पढ्नुस् सम्बन्धित समाचार
२० करोड बक्यौता टार्ने चलखेलमा हिमालय एयरलाइन्सका आङछिरिङ शेर्पा

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हिमालय एयरलाइन्सलाई विमानस्थल कार्यालयले काट्यो पत्र, रकम चुक्ता नभए ग्राउन्डेड

विमानस्थल बक्यौता : ५० लाख तिर्दै हिमालयले माग्यो १० दिनको समय

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सभापति गगन थापाले लिए शपथ
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य
तातोपानी नाका तीन दिन खुल्ने
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्