• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

२० करोड बक्यौता टार्ने चलखेलमा हिमालय एयरलाइन्सका आङछिरिङ शेर्पा

64x64
नेपाल लाइभ आइतबार, माघ २७, २०७५  ०७:०१
1140x725

काठमाडौं– सत्ता र शक्ति दाहिना बनाएपछि आर्थिक अनुशासनको कतिसम्म खिल्ली उडाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, हिमालय एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा। 

सोध्नुहोला, आङछिरिङले के गरे त्यस्तो? 

कुरा के रहेछ भने, उनी संलग्न निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीको कुर्चीमा बसेको केही महिनादेखि विमानस्थल सेवा शुल्क बापतको रकम तिर्नै छोडेछन्। रकम बढ्दै गएपछि आङछिरिङले विमानस्थल शुल्क टार्न शक्ति र सत्ता कजाउन सुरु गरेका छन्। 

‘उहाँको कुरै नगरौं, हवाईवृत्तका सबैलाई थाहा छ,' संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक उच्च अधिकृतले अनुहार बिगार्दै भने, ‘बालुवाटार कनेक्सन भएपछि जे पनि चल्दो रहेछ। विमानस्थलको बक्यौता त कुरै छाडौं, राष्ट्रिय ध्वजावाहकलाई त डुबाउने खेल भइरहेको छ।’

आङछिरिङको हिमालय एयरलाइन्सले विमानस्थल प्रयोग गरेबापत अहिलेसम्म कति रकम तिरेको रहेनछ? हामीले सोधखोज गर्यौं।

एयरलाइन्सले विमानस्थल कार्यालयलाई सावाँ र विलम्ब शुल्कसहित २० करोड रुपैयाँ तिर्नुपर्ने रहेछ। तर, एयरलाइन्स कम्पनीका मालिक आङछिरिङले सन् २०१८ को जुलाइदेखि विमानस्थल सेवा शुल्क बापतको रकम दाखिला नगरेको विमानस्थल कार्यालयले बताएको हो। 

एयरलाइन्सले २६ करोडभन्दा बढी रकम तिर्नुपर्ने भए पनि झारा टार्न दुई पटक गरी साढे ६ करोड रुपैयाँ मात्रै रकम तिरेको छ।

रकम तिर्न आनाकानी गर्न थालेपछि विमानस्थल कार्यालयले हिमालय एयरलाइन्सलाई अन्तिम पटक यही माघ ४ गते थप एक महिनाको समयसीमा दिएको छ। अब फागुन ४ गतेभित्र एयरलाइन्स कम्पानीले बक्यौता चुक्ता नगरे जहाज नै ग्राउन्डेड गराउने चेतावानी दिएको जानकारी कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले पत्र लेख्दै यसबारे जानकारी दिएका छौं। तोकिएको समयसीमाभित्र रकम दाखिला नभए जहाज ग्राउन्डेड हुन्छ,’ उनले भने।
 
बक्यौता टार्ने खेलमा हिमालय एयरलाइन्स कम्पनीका मालिक आङछिरिङसहित नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्ड सदस्य विजय श्रेष्ठसमेत लागिपरेका छन्। 

स्मरण रहोस्, श्रेष्ठ हिमालय एयरलायन्सकै उपाध्यक्ष पनि हुन्।

विमानस्थल कार्यालयले एयरलाइन्सलाई १४ दिनको ठाउँमा एक महिनाभित्र बक्यौता चुक्ता गर्न समय दिँदै बक्यौता चुक्ता नभए जहाज ग्राउन्डेड गरिदिने चेतावनी दिएको छ।

हिमालय एयरलाइन्सले विमानस्थल कार्यालयसँग पुसको अन्तिम साता ५० लाख रुपैयाँ तिर्दै भनेको थियो– बाँकी बक्यौता चुक्ताको लागि १० दिनको समय चाहियो। तर, १० दिनभित्र रकम चुक्ता गर्न नसकेपछि हतार-हतारमा एयरलाइन्सले फेरि माघ ४ गते नै थप समय मागेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हिमालयले मौखिक रुपमा एक महिनाको समय मागे पनि विमानस्थल कार्यालयले भने थपिएको समयमै रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता माग्यो। विमानस्थल कार्यालयको अडानपछि एयरलाइन्सले १४ दिनभित्र बक्यौता चुक्ता गर्ने गरी लिखित प्रतिबद्धता गरेको थियो। तर, विमानस्थल कार्यालयले एयरलाइन्सलाई १४ दिनको ठाउँमा एक महिनाभित्र बक्यौता चुक्ता गर्न समय दिँदै बक्यौता चुक्ता नभए जहाज ग्राउन्डेड गरिदिने चेतावनी दिएको छ।

विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीलाई हिमालय एयरलाइन्सले बक्यौता चुक्ता नगरेको अवस्थामा जहाज ग्राउन्डेड गराउनैपर्ने बाध्यता पनि छ। शतप्रतिशत नै स्वदेशी  लगानीमा रहेको सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई ४ करोड बक्यौत तिर्न नसक्दा क्षेत्रीले पुस २० गतेदेखि सौर्यको जहाज ग्राउन्डेड गराइदिएका थिए। त्यति मात्रै होइन क्षेत्रीले लामो समयदेखि बक्यौता चुक्ता नगर्ने मलेसियन निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसियाको उडान बन्द गराउनुपर्ने अवस्थमा पुराइदिएका थिए। एयर एसियासँग विमानस्थल कार्यालयले ४० करोड रुपैयाँमध्ये साँवा बापतको २७ करोड रुपैयाँ भने असुली गरेको थियो।

हिमालय एयरलाइन्सका मालिक तथा प्रतिनिधि विमानस्थल शुल्क टार्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेत धाउन थालेको भनाइ स्रोतको छ। ‘उहाँहरु शक्तिकेन्द्र धाइरहेको जानकारी पाएका छौं तर हामी शुल्क छोड्नेवाला छैनौं,' मन्त्रालय स्रोतले भन्यो, ‘यो त हाम्रो काम नै हो।’

हिमालय एयरलाइन्सले मासिक औसतमा ३ करोड रुपैयाँ विमानस्थललाई बुझाउनुपर्छ।  

नेपाल–चीन संयुक्त लगानीमा २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै  आएको छ। हिमालयले पहिलो उडान २०७३ जेठ १८ गतेबाट सुरु गरेको थियो। पछिल्लो सयम हिमालयले गत कात्तिक १ गतेदेखि काठमाडौं–चोङकिङमा चार्टर उडानमार्फत सिधा उडान गरिरहेको छ।

यसबाहेक हिमालयले मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ। 

हिमालय एयरलाइन्ससँग प्रधानमन्त्रीको कनेक्सन
२०७२ असोज २४ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ३८औं प्रधानमन्त्री  भए। केपी ओलीलाई प्रधानमन्त्री बनाउन तत्कालीन माओवादी केन्द्रको सहयोग थियो। 

पहिलो पटक प्रधानमन्त्री हुँदै औपचारिक चीन भ्रमणमा जाँदा ओलीले राष्ट्रिय ध्वजावाहकको सट्टा निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्स चार्टर्ड गरे। दोस्रो पटक पनि उनले यही गल्ती दोहोर्‍याए।

प्रधानमन्त्री भएको झन्डै साढे ५ महिनापछि ओली  चीन भ्रमणमा गएका थिए।

पहिलो पटक प्रधानमन्त्री हुँदै औपचारिक चीन भ्रमणमा जाँदा ओलीले राष्ट्रिय ध्वजावाहकको सट्टा निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्स चार्टर्ड गरे। प्रधानमन्त्रीको यो कार्यलाई कतिपयले आलोचनासमेत गरे। प्रधानमन्त्रीको सो भ्रमण टोलीमा हिमालय एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा पनि सँगै थिए। 

प्रधानमन्त्री ओलीले राष्ट्रिय ध्वजावाहकको प्रचारप्रसार गर्नुको सट्टा आङछिरिङको हवाई कम्पनी हिमालयको प्रचार गरे।

यसरी हिमालयको प्रचार गरेका ओली फेरि २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बने। उनले पहिलो पटक प्रधानमन्त्री हुँदाको बेलामा गरेको गल्ती दोहोर्‍याए। प्रधानमन्त्री ओली २०७५ असार ५ गते चीन भ्रमणमा निस्किए। तर, प्रधानमन्त्री ओलीले फेरि पनि राष्ट्रिय ध्वजावाहकको सट्टा हिमालय एयरलाइन्स नै चार्टर गरेर चीन गए। पहिलो पटकको भ्रमण समयमा भन्दा दोस्रो पटक उनको बढी विरोध भएको थियो।

प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्