• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

२० करोड बक्यौता टार्ने चलखेलमा हिमालय एयरलाइन्सका आङछिरिङ शेर्पा

64x64
नेपाल लाइभ आइतबार, माघ २७, २०७५  ०७:०१
1140x725

काठमाडौं– सत्ता र शक्ति दाहिना बनाएपछि आर्थिक अनुशासनको कतिसम्म खिल्ली उडाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, हिमालय एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा। 

सोध्नुहोला, आङछिरिङले के गरे त्यस्तो? 

कुरा के रहेछ भने, उनी संलग्न निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीको कुर्चीमा बसेको केही महिनादेखि विमानस्थल सेवा शुल्क बापतको रकम तिर्नै छोडेछन्। रकम बढ्दै गएपछि आङछिरिङले विमानस्थल शुल्क टार्न शक्ति र सत्ता कजाउन सुरु गरेका छन्। 

‘उहाँको कुरै नगरौं, हवाईवृत्तका सबैलाई थाहा छ,' संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक उच्च अधिकृतले अनुहार बिगार्दै भने, ‘बालुवाटार कनेक्सन भएपछि जे पनि चल्दो रहेछ। विमानस्थलको बक्यौता त कुरै छाडौं, राष्ट्रिय ध्वजावाहकलाई त डुबाउने खेल भइरहेको छ।’

आङछिरिङको हिमालय एयरलाइन्सले विमानस्थल प्रयोग गरेबापत अहिलेसम्म कति रकम तिरेको रहेनछ? हामीले सोधखोज गर्यौं।

एयरलाइन्सले विमानस्थल कार्यालयलाई सावाँ र विलम्ब शुल्कसहित २० करोड रुपैयाँ तिर्नुपर्ने रहेछ। तर, एयरलाइन्स कम्पनीका मालिक आङछिरिङले सन् २०१८ को जुलाइदेखि विमानस्थल सेवा शुल्क बापतको रकम दाखिला नगरेको विमानस्थल कार्यालयले बताएको हो। 

एयरलाइन्सले २६ करोडभन्दा बढी रकम तिर्नुपर्ने भए पनि झारा टार्न दुई पटक गरी साढे ६ करोड रुपैयाँ मात्रै रकम तिरेको छ।

रकम तिर्न आनाकानी गर्न थालेपछि विमानस्थल कार्यालयले हिमालय एयरलाइन्सलाई अन्तिम पटक यही माघ ४ गते थप एक महिनाको समयसीमा दिएको छ। अब फागुन ४ गतेभित्र एयरलाइन्स कम्पानीले बक्यौता चुक्ता नगरे जहाज नै ग्राउन्डेड गराउने चेतावानी दिएको जानकारी कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले दिए। 

Ncell 2
Ncell 2

‘हामीले पत्र लेख्दै यसबारे जानकारी दिएका छौं। तोकिएको समयसीमाभित्र रकम दाखिला नभए जहाज ग्राउन्डेड हुन्छ,’ उनले भने।
 
बक्यौता टार्ने खेलमा हिमालय एयरलाइन्स कम्पनीका मालिक आङछिरिङसहित नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्ड सदस्य विजय श्रेष्ठसमेत लागिपरेका छन्। 

स्मरण रहोस्, श्रेष्ठ हिमालय एयरलायन्सकै उपाध्यक्ष पनि हुन्।

विमानस्थल कार्यालयले एयरलाइन्सलाई १४ दिनको ठाउँमा एक महिनाभित्र बक्यौता चुक्ता गर्न समय दिँदै बक्यौता चुक्ता नभए जहाज ग्राउन्डेड गरिदिने चेतावनी दिएको छ।

हिमालय एयरलाइन्सले विमानस्थल कार्यालयसँग पुसको अन्तिम साता ५० लाख रुपैयाँ तिर्दै भनेको थियो– बाँकी बक्यौता चुक्ताको लागि १० दिनको समय चाहियो। तर, १० दिनभित्र रकम चुक्ता गर्न नसकेपछि हतार-हतारमा एयरलाइन्सले फेरि माघ ४ गते नै थप समय मागेको थियो।

हिमालयले मौखिक रुपमा एक महिनाको समय मागे पनि विमानस्थल कार्यालयले भने थपिएको समयमै रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता माग्यो। विमानस्थल कार्यालयको अडानपछि एयरलाइन्सले १४ दिनभित्र बक्यौता चुक्ता गर्ने गरी लिखित प्रतिबद्धता गरेको थियो। तर, विमानस्थल कार्यालयले एयरलाइन्सलाई १४ दिनको ठाउँमा एक महिनाभित्र बक्यौता चुक्ता गर्न समय दिँदै बक्यौता चुक्ता नभए जहाज ग्राउन्डेड गरिदिने चेतावनी दिएको छ।

विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीलाई हिमालय एयरलाइन्सले बक्यौता चुक्ता नगरेको अवस्थामा जहाज ग्राउन्डेड गराउनैपर्ने बाध्यता पनि छ। शतप्रतिशत नै स्वदेशी  लगानीमा रहेको सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई ४ करोड बक्यौत तिर्न नसक्दा क्षेत्रीले पुस २० गतेदेखि सौर्यको जहाज ग्राउन्डेड गराइदिएका थिए। त्यति मात्रै होइन क्षेत्रीले लामो समयदेखि बक्यौता चुक्ता नगर्ने मलेसियन निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसियाको उडान बन्द गराउनुपर्ने अवस्थमा पुराइदिएका थिए। एयर एसियासँग विमानस्थल कार्यालयले ४० करोड रुपैयाँमध्ये साँवा बापतको २७ करोड रुपैयाँ भने असुली गरेको थियो।

हिमालय एयरलाइन्सका मालिक तथा प्रतिनिधि विमानस्थल शुल्क टार्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र प्रधानमन्त्री कार्यालयसमेत धाउन थालेको भनाइ स्रोतको छ। ‘उहाँहरु शक्तिकेन्द्र धाइरहेको जानकारी पाएका छौं तर हामी शुल्क छोड्नेवाला छैनौं,' मन्त्रालय स्रोतले भन्यो, ‘यो त हाम्रो काम नै हो।’

हिमालय एयरलाइन्सले मासिक औसतमा ३ करोड रुपैयाँ विमानस्थललाई बुझाउनुपर्छ।  

नेपाल–चीन संयुक्त लगानीमा २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै  आएको छ। हिमालयले पहिलो उडान २०७३ जेठ १८ गतेबाट सुरु गरेको थियो। पछिल्लो सयम हिमालयले गत कात्तिक १ गतेदेखि काठमाडौं–चोङकिङमा चार्टर उडानमार्फत सिधा उडान गरिरहेको छ।

यसबाहेक हिमालयले मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ। 

हिमालय एयरलाइन्ससँग प्रधानमन्त्रीको कनेक्सन
२०७२ असोज २४ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ३८औं प्रधानमन्त्री  भए। केपी ओलीलाई प्रधानमन्त्री बनाउन तत्कालीन माओवादी केन्द्रको सहयोग थियो। 

पहिलो पटक प्रधानमन्त्री हुँदै औपचारिक चीन भ्रमणमा जाँदा ओलीले राष्ट्रिय ध्वजावाहकको सट्टा निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्स चार्टर्ड गरे। दोस्रो पटक पनि उनले यही गल्ती दोहोर्‍याए।

प्रधानमन्त्री भएको झन्डै साढे ५ महिनापछि ओली  चीन भ्रमणमा गएका थिए।

पहिलो पटक प्रधानमन्त्री हुँदै औपचारिक चीन भ्रमणमा जाँदा ओलीले राष्ट्रिय ध्वजावाहकको सट्टा निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्स चार्टर्ड गरे। प्रधानमन्त्रीको यो कार्यलाई कतिपयले आलोचनासमेत गरे। प्रधानमन्त्रीको सो भ्रमण टोलीमा हिमालय एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा पनि सँगै थिए। 

प्रधानमन्त्री ओलीले राष्ट्रिय ध्वजावाहकको प्रचारप्रसार गर्नुको सट्टा आङछिरिङको हवाई कम्पनी हिमालयको प्रचार गरे।

यसरी हिमालयको प्रचार गरेका ओली फेरि २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बने। उनले पहिलो पटक प्रधानमन्त्री हुँदाको बेलामा गरेको गल्ती दोहोर्‍याए। प्रधानमन्त्री ओली २०७५ असार ५ गते चीन भ्रमणमा निस्किए। तर, प्रधानमन्त्री ओलीले फेरि पनि राष्ट्रिय ध्वजावाहकको सट्टा हिमालय एयरलाइन्स नै चार्टर गरेर चीन गए। पहिलो पटकको भ्रमण समयमा भन्दा दोस्रो पटक उनको बढी विरोध भएको थियो।

प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक मंगलबार, पुस २९, २०८२
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ मंगलबार, पुस २९, २०८२
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु मंगलबार, पुस २९, २०८२
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित) मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्