• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

नयाँ अध्ययन: महिलामा क्यान्सरका घटना बढ्दै,  पुरुषमा घट्दै  

64x64
नेपाल लाइभ आइतबार, माघ ६, २०८१  २०:४५
1140x725

काठमाडौं– सन् २००२ देखि २०२१ सम्म ५० वर्षमुनिका महिलामा स्तन तथा थाइराइड क्यान्सरको दर बढेको पाइएको छ भने सोही उमेर समूहका पुरुषमा मेलेनोमा र प्रोस्टेट क्यान्सर घटेको एक अध्ययनले देखाएको छ।

१९९२ मा पुरुषलाई महिलाभन्दा १.६ गुणा बढी क्यान्सर हुने सम्भावना थियो, तर सन् २०२१ सम्म आइपुग्दा यो अन्तर लगभग बराबर भएको अमेरिकन क्यान्सर सोसाइटीको बिहीबार सार्वजनिक प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार अमेरिकामा क्यान्सरको बोझ पुरुषबाट महिलातर्फ सर्दै गएको छ भने वृद्ध उमेर समुहभन्दा युवाहरुमा यसको प्रभाव बढ्दै गएको छ।

पहिलोपटक ५० देखि ६४ वर्षका महिलामा क्यान्सरको दर पुरुषभन्दा बढी भएको पाइएको छ। साथै, सन् २०२१ मा ५० वर्षमुनिका महिलामा क्यान्सर हुने दर सोही उमेर समूहका पुरुषभन्दा ८२ प्रतिशत बढी थियो, जुन सन् २००२ मा ५१ प्रतिशत थियो। 'सारांशमा, अहिले हामी समग्र रूपमा क्यान्सरका घटना बढेको देखिरहेका छौं, विशेषगरी युवा उमेर समूह र महिलामा,' अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख अधिकारी डा. अरिफ कमलले भने।

उनका अनुसार, '१० वर्षअघि पुरुषमा महिलाभन्दा ५० प्रतिशत बढी क्यान्सर हुने सम्भावना थियो, तर आज यो लगभग बराबर भइसकेको छ। यसको मुख्य कारण पुरुषमा क्यान्सरको दर घट्नु र महिलामा बढ्नु हो।'

फोक्सो क्यान्सरमा पनि महिलाको जोखिम बढ्दो

सन् २०१२ देखि २०२१ को बीचमा फोक्सो क्यान्सरका घटनाहरू घटे तापनि महिलामा भने घट्ने क्रम सुस्त रहेको अध्ययनले देखाएको छ। यसको प्रमुख कारण महिलाहरू ढिलो धूम्रपान गर्न सुरु गर्ने र छोड्ने क्रम पनि ढिलो हुने भएको बताइएको छ। 'पहिलोपटक ६५ वर्षमुनिका महिलामा फोक्सो क्यान्सर हुने सम्भावना पुरुषभन्दा बढी देखिएको छ,' अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख वैज्ञानिक अधिकारी डा. विलियम डाहुटले जानकारी दिए।
समग्र रूपमा सन् २०२४ मा क्यान्सरका २० लाख ४१ हजार ९१० नयाँ घटनाहरू हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै वृद्धि हो।

क्यान्सरको मृत्युदर भने घट्दो

Ncell 2
Ncell 2
nimb
nimb

हालैको प्रतिवेदनअनुसार, क्यान्सरबाट मृत्यु हुने दर सन् १९९१ देखि २०२२ सम्म ३४ प्रतिशतले घटेको छ। यसलाई प्रारम्भिक पहिचान, राम्रो उपचार विधिहरू र धुम्रपान कम हुनुले सहयोग पुर्याेएको बताइएको छ।
डा नील इयंगरका अनुसार, इम्युनोथेरापी (रोग प्रतिरोधात्मक प्रणालीमार्फत् उपचार), जेनेटिक सिक्युन्सिङ र नयाँ एन्टिबडी औषधिहरूले उपचार प्रक्रिया प्रभावकारी बनाएको छ।

महिलामा क्यान्सरको वृद्धिको कारण के हो?

विशेषज्ञहरूका अनुसार महिलामा क्यान्सर दर बढ्नुको पछाडि एउटै कारण औंल्याउन गाह्रो छ। तर, जीवनशैलीसँग जोडिएका कारकहरू जस्तै मदिरा सेवन, शारीरिक निष्क्रियता र अल्ट्रा-प्रोसेस्ड खानेकुराको उच्च सेवन मुख्य कारण हुन सक्छन्।

'१० वर्षअघि हामी क्यान्सर वा त खराब जीनका कारण वा भाग्यको खेल ठान्थ्यौं। तर अहिले हामीलाई थाहा छ कि करिब ५० प्रतिशत क्यान्सर जीवनशैलीसँग सम्बन्धित छन्,' डा कमल भन्छन्, 'मोटोपनसँग सम्बन्धित १३ विभिन्न प्रकारका क्यान्सरहरू छन्। रक्सी सेवनसँग सम्बन्धित ७ विभिन्न प्रकारका क्यान्सरहरू छन्।'

तौल वृद्धि (मोटोपन) अहिलेको क्यान्सरको  प्रमुख जोखिम कारक भएको उनले बताए। अमेरिकन क्यान्सर सोसाइटीका अनुसार, मोटोपनले महिलामा पुरुषभन्दा झन्डै दोब्बर क्यान्सरका घटना निम्त्याउने गर्छ। विशेषगरी युवतीहरूमा पाठेघरको क्यान्सर बढिरहेको छ, जुन मोटोपनसँग प्रत्यक्ष सम्बन्धित छ।

'पहिले ६०-७० वर्ष उमेरमा देखिने मोटोपनसम्बन्धी क्यान्सर अब ४०-५० वर्ष उमेरका मानिसमा बढ्दै गएको छ,' कमल भन्छन्। त्यस्तै, वातावरणमा रहेका कार्सिनोजेनिक (क्यान्सर उत्पन्न गर्ने) तत्वहरू, जस्तै रेडोन ग्यास र वायु प्रदूषण पनि सम्भावित कारण हुन सक्छन्।

इयंगर भन्छन्, 'पर्यावरणीय जोखिम कारकहरू परिवर्तन हुँदै गएको देखिन्छ, जसको प्रभाव अब क्यान्सरको दरमा देखिन थालेको छ।'

रोकथाम सम्भव छ
डाक्टरहरूले क्यान्सरको जोखिम कम गर्न जीवनशैली परिवर्तन महत्वपूर्ण हुने बताएका छन्।

'जसरी हामी मुटुरोग, मधुमेह, र उच्च रक्तचाप कम गर्न स्वस्थ खानपान र व्यायामको महत्त्व बुझ्छौं, त्यस्तै व्यवहारहरू क्यान्सर कम गर्न पनि महत्त्वपूर्ण छन्,'  डा कमल भन्छन्।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्