• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

नयाँ अध्ययन: महिलामा क्यान्सरका घटना बढ्दै,  पुरुषमा घट्दै  

64x64
नेपाल लाइभ आइतबार, माघ ६, २०८१  २०:४५
1140x725

काठमाडौं– सन् २००२ देखि २०२१ सम्म ५० वर्षमुनिका महिलामा स्तन तथा थाइराइड क्यान्सरको दर बढेको पाइएको छ भने सोही उमेर समूहका पुरुषमा मेलेनोमा र प्रोस्टेट क्यान्सर घटेको एक अध्ययनले देखाएको छ।

१९९२ मा पुरुषलाई महिलाभन्दा १.६ गुणा बढी क्यान्सर हुने सम्भावना थियो, तर सन् २०२१ सम्म आइपुग्दा यो अन्तर लगभग बराबर भएको अमेरिकन क्यान्सर सोसाइटीको बिहीबार सार्वजनिक प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार अमेरिकामा क्यान्सरको बोझ पुरुषबाट महिलातर्फ सर्दै गएको छ भने वृद्ध उमेर समुहभन्दा युवाहरुमा यसको प्रभाव बढ्दै गएको छ।

पहिलोपटक ५० देखि ६४ वर्षका महिलामा क्यान्सरको दर पुरुषभन्दा बढी भएको पाइएको छ। साथै, सन् २०२१ मा ५० वर्षमुनिका महिलामा क्यान्सर हुने दर सोही उमेर समूहका पुरुषभन्दा ८२ प्रतिशत बढी थियो, जुन सन् २००२ मा ५१ प्रतिशत थियो। 'सारांशमा, अहिले हामी समग्र रूपमा क्यान्सरका घटना बढेको देखिरहेका छौं, विशेषगरी युवा उमेर समूह र महिलामा,' अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख अधिकारी डा. अरिफ कमलले भने।

उनका अनुसार, '१० वर्षअघि पुरुषमा महिलाभन्दा ५० प्रतिशत बढी क्यान्सर हुने सम्भावना थियो, तर आज यो लगभग बराबर भइसकेको छ। यसको मुख्य कारण पुरुषमा क्यान्सरको दर घट्नु र महिलामा बढ्नु हो।'

फोक्सो क्यान्सरमा पनि महिलाको जोखिम बढ्दो

सन् २०१२ देखि २०२१ को बीचमा फोक्सो क्यान्सरका घटनाहरू घटे तापनि महिलामा भने घट्ने क्रम सुस्त रहेको अध्ययनले देखाएको छ। यसको प्रमुख कारण महिलाहरू ढिलो धूम्रपान गर्न सुरु गर्ने र छोड्ने क्रम पनि ढिलो हुने भएको बताइएको छ। 'पहिलोपटक ६५ वर्षमुनिका महिलामा फोक्सो क्यान्सर हुने सम्भावना पुरुषभन्दा बढी देखिएको छ,' अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख वैज्ञानिक अधिकारी डा. विलियम डाहुटले जानकारी दिए।
समग्र रूपमा सन् २०२४ मा क्यान्सरका २० लाख ४१ हजार ९१० नयाँ घटनाहरू हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै वृद्धि हो।

क्यान्सरको मृत्युदर भने घट्दो

Ncell 2
Ncell 2

हालैको प्रतिवेदनअनुसार, क्यान्सरबाट मृत्यु हुने दर सन् १९९१ देखि २०२२ सम्म ३४ प्रतिशतले घटेको छ। यसलाई प्रारम्भिक पहिचान, राम्रो उपचार विधिहरू र धुम्रपान कम हुनुले सहयोग पुर्याेएको बताइएको छ।
डा नील इयंगरका अनुसार, इम्युनोथेरापी (रोग प्रतिरोधात्मक प्रणालीमार्फत् उपचार), जेनेटिक सिक्युन्सिङ र नयाँ एन्टिबडी औषधिहरूले उपचार प्रक्रिया प्रभावकारी बनाएको छ।

महिलामा क्यान्सरको वृद्धिको कारण के हो?

विशेषज्ञहरूका अनुसार महिलामा क्यान्सर दर बढ्नुको पछाडि एउटै कारण औंल्याउन गाह्रो छ। तर, जीवनशैलीसँग जोडिएका कारकहरू जस्तै मदिरा सेवन, शारीरिक निष्क्रियता र अल्ट्रा-प्रोसेस्ड खानेकुराको उच्च सेवन मुख्य कारण हुन सक्छन्।

'१० वर्षअघि हामी क्यान्सर वा त खराब जीनका कारण वा भाग्यको खेल ठान्थ्यौं। तर अहिले हामीलाई थाहा छ कि करिब ५० प्रतिशत क्यान्सर जीवनशैलीसँग सम्बन्धित छन्,' डा कमल भन्छन्, 'मोटोपनसँग सम्बन्धित १३ विभिन्न प्रकारका क्यान्सरहरू छन्। रक्सी सेवनसँग सम्बन्धित ७ विभिन्न प्रकारका क्यान्सरहरू छन्।'

तौल वृद्धि (मोटोपन) अहिलेको क्यान्सरको  प्रमुख जोखिम कारक भएको उनले बताए। अमेरिकन क्यान्सर सोसाइटीका अनुसार, मोटोपनले महिलामा पुरुषभन्दा झन्डै दोब्बर क्यान्सरका घटना निम्त्याउने गर्छ। विशेषगरी युवतीहरूमा पाठेघरको क्यान्सर बढिरहेको छ, जुन मोटोपनसँग प्रत्यक्ष सम्बन्धित छ।

'पहिले ६०-७० वर्ष उमेरमा देखिने मोटोपनसम्बन्धी क्यान्सर अब ४०-५० वर्ष उमेरका मानिसमा बढ्दै गएको छ,' कमल भन्छन्। त्यस्तै, वातावरणमा रहेका कार्सिनोजेनिक (क्यान्सर उत्पन्न गर्ने) तत्वहरू, जस्तै रेडोन ग्यास र वायु प्रदूषण पनि सम्भावित कारण हुन सक्छन्।

इयंगर भन्छन्, 'पर्यावरणीय जोखिम कारकहरू परिवर्तन हुँदै गएको देखिन्छ, जसको प्रभाव अब क्यान्सरको दरमा देखिन थालेको छ।'

रोकथाम सम्भव छ
डाक्टरहरूले क्यान्सरको जोखिम कम गर्न जीवनशैली परिवर्तन महत्वपूर्ण हुने बताएका छन्।

'जसरी हामी मुटुरोग, मधुमेह, र उच्च रक्तचाप कम गर्न स्वस्थ खानपान र व्यायामको महत्त्व बुझ्छौं, त्यस्तै व्यवहारहरू क्यान्सर कम गर्न पनि महत्त्वपूर्ण छन्,'  डा कमल भन्छन्।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज सातै प्रदेशमा बर्षाको सम्भावना
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
सम्बन्धित सामग्री
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई... बिहीबार, माघ ८, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
आज सातै प्रदेशमा बर्षाको सम्भावना बुधबार, माघ १४, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्