गाईघाट, उदयपुर- जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेका छन्। घरमा अभिभावक नभएको मौका छोपेर ३ वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाइफकाई कोठामा लगेर उनले जबर्जस्ती करणी गरेका थिए। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
बालिका चिच्याएपछि छिमेकीले थाहा पाएर बालकलाई रंगेहात पक्राउ गरी प्रहरीमा बुझाएका थिए। बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच र उपचार भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।