काठमाडौं- ललितपुरको कुपण्डोलमा २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
भारतीय नम्बरको मोटरसाइकल र बा ८४ प ९९७२ नम्बरको मोटरसाइकल जुध्दा गम्भीर घाइते भएका चालक ललितपुर कुसुन्तीका २८ वर्षीय सजन कर्माचार्यको उपचार क्रममा अल्का अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल र भारतीय नम्बरको मोटरसाइकल चालकलाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ।
यस्तै, काठमाडौंको महाराजगञ्जमा गएराति बा ६२ प ४६२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मकवानपुर घर भई काठमाडौं गोंगबु बस्ने ३४ वर्षीय अमरदिप गुरुङ गम्भीर घाइते भएका छन्। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।