लहान- श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादपछि कल्याणपुर नगरपालिका– ६ भोक्राहाका ३५ वर्षीय ओली राइनले ३० वर्षीया श्रीमती समिला खातुनको गत मंगलबार घाँटी रेटेर हत्या गरेका थिए। घटनापछि फरार उनलाई गएराति इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।