दमौली, तनहुँ- मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी तनहुँ जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि ६४ थान हतियार संकलन भएको छ।
हतियार राख्न इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमा ६४ थान भरुवा बन्दुक सहितका हतियार बुझाएका हुन्।
कात्तिक मसान्तसम्ममा हतियार बुझाउन भनिए पनि बुझाउन ल्याउनेको हतियार यतिबेला पनि लिइरहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए।
'बुझाइएका हातहतियार चुनावपछि फिर्ता गरिनेछ,' उनले भने, 'अटेर गरी हातहतियार नबुझाउने र शंका लागि खोजतलासका बेला भेटिए त्यस्ता व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिनेछ।'
स्थानीय तहको चुनावमा तनहुँमा बुझाइएका ७१ थान हतियार चुनाव सकिएपछि प्रहरीले सम्बन्धित धनीलाई नै फिर्ता गरेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।