काठमाडौं- राष्ट्रपति विद्या भण्डारी र चीनियाँ राष्ट्रपति सि जिनफिङले रेड कार्पेट सयर गरेका छन्। राष्ट्रपति सिले राजधानी बेइजिङमा नेपाली समकक्षी भण्डारीलाई स्वागत गरेका थिए।
चीनको राजधानी बेइजिङमा दुबै छिमेकी देशका राष्ट्रपतिले शिष्टाचार भेट समेत गरेका छन्। भेटका अवसरमा दुईपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने गरी समसामयिक विषयमा भेटवार्ता भएको बताइएको छ।
सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति भण्डारीलाई चिनियाँ जनमुक्ति सेनाले परेडका साथ सलामी अर्पण गरेको थियो। ग्रेट हलमा भण्डारीलाई समकक्षी सी चिनपिङले स्वागत गरेका थिए।
राष्ट्रपति भण्डारी र सीबीचको भेटमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको पनि सहभागिता थियो।
दुईपक्षीय भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रण पत्र समेत दिएकी छन्।
.jpg)












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।