• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एक भोटका लागि ४ हजार खर्च, तीन दिनको यात्रा

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ७, २०७४  ११:०८
1140x725

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन्। यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन्। 

यहाँको एक भोट सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र रु चार हजार भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ। 

मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङको आधा भूगोल यिनै दुई स्थानले ओगट्छ । कुनै पनि राजनीतिक दलका नेता भोट माग्न त्यहाँ पुग्न सक्दैनन्। 

यही मंसिर १० गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेदवार योगेश भट्टराईले ‘रेकर्ड’ गरेर आफ्ना योजना र अपिल जनतासमक्ष पठाएका छन्। यो जिल्लाबाट एक जना मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधिसभा सदस्यका लागि कूल ७ उम्मेदवार मैदानमा छन् । प्रदेश ‘क’ र ‘ख’ मा आठ÷आठ जना उम्मेदवार उठेका छन्। 

त्यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले पनि रेकर्डमार्फत नै भोट मागेका छन्। प्रदेश ‘ख’ मा पर्ने यी ठाउँमा कुनै उम्मेदवार पुग्न सकेनन् । उनीहरुले रेकर्डिङ पठाएर भोट मागे। 

फुङ्लिङका स्थानीय पत्रकारका अनुसार त्यहाँका मतदाता अन्यत्रै व्यवसायमा रहेकाले मत खसाल्न पनि कमै आउने गर्छन् । मतदाताको संख्याको तुलनामा आधा मात्र मत खस्ने गर्छ । काठमाडौँ र भारतका विभिन्न भागमा रहेर आफ्ना व्यवसाय गर्ने भएकाले उनीहरुलाई मतदान गर्न लगाउन पनि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने हुन्छ। 

मुलुकको सुदूरपूर्वको उत्तर छेउमा पर्ने यस जिल्लाका सबै स्थानका जनतालाई चुनावी अभियानमा सहभागी गराउन अत्यन्त कठिन भएपनि निर्वाचन आयोगले त्यहाँका जनताको मताअधिकारलाई सम्मान गर्दै आएको छ। 

जिल्लाका कठिन र विकट स्थानमा निर्वाचन अधिकारी खटाएर भएपनि त्यस्ता विकट स्थानमा बसोबास गर्दैआएका बालिग मतदाताको मतदानलाई सुरक्षित गर्ने कर्तव्यलाई आयोगले ध्यान दिएको छ । यसपटक पनि निर्वाचन आयोगले मंगलबार नै त्यहाँका लागि निर्वाचन टोली पठाइसकेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

जिल्लाका प्रमुख निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार उक्त निर्वाचन क्षेत्रका लागि जना मतदान अधिकृत पठाइसकिएको छ । आवश्यक पर्ने सबै सामग्रीसहित निर्वाचन टोली बिहीबार त्यहाँ पुगेको छ। 

ती स्थानमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ । त्यहाँबाट मतपेटिका ल्याउन हेलिकप्टर चार्टर गर्नुपर्ने भएकाले अत्यन्त खर्चिलो हुन्छ । जनताका मताधिकार सुरक्षा गर्न निर्वाचन आयोग कटिबद्ध रहेको मुख्य निर्वाचन अधिकृत कार्कीको भनाइ छ। 

निर्वाचन आयोगले यहाँका अतिविकट स्थानका एक हजार ३२१ मतदाताका लागि नगद रु १५ लाख ८५ हजार, सुरक्षाकर्मी बाहेक ७३ जना कर्मचारी र तीन दिनको एकतर्फी यात्राको प्रवन्ध मिलाउनुपर्छ । मतदाताको मत सुरक्षित गर्ने दायित्व पूरा गर्न ठूलो रकम, जनशक्ति र समय खर्चेर थोरै मत संकलन गर्नुपरेको यथार्थ निर्वाचन अधिकृत कार्की बताउछन्।

उनका अनुसार यसपटक फक्ताङलुङ गाउँपालिकाको ग्याब्लामा ४९ जना मतदाता छन् । उक्त निर्वाचन केन्द्रका लागि नौ जना कर्मचारी खटाइएको छ भने उनीहरुलाई रु दुई लाख तीन हजार ७०० खर्च दिइएको छ । यस स्थानको एक मत सुरक्षित गर्न चार हजारभन्दा बढी पर्न गएको छ। 

यो निर्वाचन केन्द्रबाट स्थानीय तह निर्वाचनका बेला मत खसाल्न पाउने मतदाताको संख्या ४० रहेको थियो भने २९ मत मात्र खसेको थियो। 

त्यस्तै, फक्ताङलुङ गाउँपालिका – ७ को याङ्यामा आधारभूत विद्यालयमा ५७ जना मात्र मतदाता रहेका छन् । त्यस निर्वाचन केन्द्रका लागि निर्वाचन आयोगले नौ जना कर्मचारी खटाएको छ भने उनीहरुलाई रु दुई लाख १७ हजार रकम दिइएको छ । यहाँ पनि प्रतिमत झण्डै चार हजार खर्च बेहोर्नुपर्छ। 

यहाँ स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या ५५ रहेको थियो भने ३६ जनाले मात्र मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृत कार्की भन्छन् – “प्रजातन्त्रमा जनताको मत अमूल्य हुन्छ।” 

फक्ताङलुङ–६ घुन्सा माध्यमिक विद्यालयमा १३१ मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनमा १२६ मतदाता थिए तर ६६ जनाले मात्र मतदान गरेका थिए । अहिले रु दुइ लाख १६ हजार ६०० निर्वाचन खर्च दिएर नौ जना कर्मचारीलाई यहाँ खटाइएको छ। 

सिदिङ्वा–१ को कालीखोला निमाविमा यसपटकको निर्वाचनमा मतदाता संख्या १८४ रहेको छ । निर्वाचनका लागि रु दुई लाख १२ हजार २०० खर्च दिएर नौ जना कर्मचारी पठाइएको छ । स्थानीय तह निर्वाचनका बेला यहाँ मतदाता संख्या १८१ र खसेको मत १५५ थियो। 

मिम्वाखोला गाउँपालिका – ५ को किलिङ माविमा अहिले मतदाता संख्या १९४ छ । स्थानीय तहको निर्वाचनमा १७० मतदाता भएकामा १०७ मत मात्र खसेको थियो । अहिले यस निर्वाचन केन्द्रमा नौ जना कर्मचारीलाई रु एक लाख ६० हजार ७०० सहित पठाइएको छ। 

यसैगरी, मेरिङ्देन गाउँपालिका–६ को चागा आधारभूत विद्यालयबाट मत खसाल्ने मतदाताको संख्या २१८ छन् । स्थानीय तह निर्वाचनका बेला मतदाता संख्या १८५ थियो र १३० मतमात्र खस्यो । त्यहाँ रु एक लाख ४० हजारसहित नौ जनाको टोली पठाइएको छ। 

फक्ताङलुङ गाउँपालिकाकै ओलाङचुङगोलामा २२२ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा त्यहाँको मतदाता संख्या २०१ मात्र थियो भने १३१ मतमात्र खसेको थियो । त्यहाँ अहिले रु दुई लाख २० हजार २०० रकम सहित नौ जना कर्मचारी पठाइएको छ। 

त्यसैगरी, सिदीङ्मा गाउँपालिका–१, सिदीङ्मा आधारभूत विद्यालय तेङ्बो निर्वाचन केन्द्रमा २६४ मतदाता छन्। स्थानीय तह निर्वाचनमा मतदाताको संख्या २६६ थियो भने २०० मात्र मत खसेको थियो । यस पटक रु दुई लाख १५ हजार ४०० रुकम दिएर १० जना कर्मचारीलाई त्यहाँ पठाइएको छ। 

सुरक्षाकर्मीको खर्च र हेलिकप्टरमार्फत मतपेटिका ल्याउँदा त्यसको खर्च गृह मन्त्रालयले व्यहोर्ने भएकाले त्यो खर्च यसमा नजोडिएको प्रमुख निर्वाचन अधिकृतको कार्कीले जानकारी दिए।  

ग्याब्ला प्रावि, याङ्मा आधारभूत विद्यालय, घोन्सा मावि, वडा कार्यलय ओलाङचुङगोला अति दूर्गममा पर्ने भएकाले गत ४ गते नै निर्वाचन अधिकृतसहितको टोली त्यसतर्फ पठाइसकिएको छ। 

यस जिल्लाको कूल जनसंख्या एकलाख ९१ हजार ८१७ रहेको छ भने कूल मतदाता ७९ हजार ३९७ जना छन्। रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  ११:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह शनिबार, असार ६, २०८३
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने शनिबार, असार ६, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट: सात जनाको मृत्यु, तीन घाइते शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्