नवलपरासी- कावासोती नगरपालिका ११ लोकाहा पुलमा गएराति ना ४ ख ८६२२ नम्बरको रोकिराखेको ट्रकमा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।
सवा १० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सुस्तापूर्व कावासोती नगरपालिका ३ का रोशन ठाडा मगर र पछाडि सवार सोही स्थानका रत्नबहादुर आले रहेका छन्। उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।