जनकपुरधाम- नेपाली कांग्रेसबाट जनकपुर उपमहानगरपालिकामा मेयर उम्मेदवार मनोजकुमार साहलाई स्थानीयले 'विजय भवः' भन्दै अवीरमाला पहिर्यालएर स्वागत गरेका छन्।
कांग्रेसका मेयर उम्मेदवार साह वडा नम्बर १४ स्थित सिनरजोडामा आयोजित वडा भेलामा पुगेका थिए।
कार्यक्रमलाई सम्बोन गर्दै साहले जनकपुर उपमहानगरपालिकाको समग्र विकास गर्न नेपाली कांग्रेसले अगाडि सारेका दक्ष, सक्षम र इमान्दार उम्मेद्वारहरुलाई मतदान गरी विजय गराउन आग्रह गरे।
उनले वडामा नापी कार्य नभएर नागरिकले सास्ती पाएकाले आफूले अविलम्व नापी गराउन पहल गर्ने बताए। जनकपुर उपमहानगरपालिकालाई सफा, स्वच्छ र हराभरा नगरका रुपमा विकास गर्न कर्मठ, इमान्दार र संघर्षशील युवालाई जिताउन आवश्यक रहेको उनको भनाइ थियो।
पार्टी प्रवेशको लहर
कार्यक्रममा सिजोतिया देवी दास, पल्टी देवी दास, सिकिलिया देवी दास, झटोलिया देवी दास, दुलारी देवी दास, परमेश्वर दास, शिवशंकर दास, श्याम दास, मुनेश्वर दास, धनेश्वर दास, प्रदिप दास, असर्फी दास, जितेन्द्र दास लगायत सयौं युवाले कांग्रेसका मेयरका उम्मेदवार तथा नगर सभापति मनोज साहबाट सदस्यता ग्रहण गरी पार्टी प्रवेश गरे।
कार्यक्रममा उपमेयरकी उम्मेदवार निलम कर्ण, नेपाली कांग्रेसका वद्री नारायण यादव, हरि राउत, वडा १४ का अध्यक्ष उम्मेदवार रामवरण पासमान लगायतका वक्ताले जनकपुरका उपमहानगरपालिकाका वडा-वडाको विकासका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न नगरबासीसँग अनुरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।