• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दाउरा र दूध बोक्न चोरीका मोटरसाइकल

६९ चोर पक्राउ, यस्तो छ कारबाहीको व्यवस्था
64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  १८:३१
1140x725

काठमाडौं- केही समय पहिले काठमाडौं महानगरपालिका-६ बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो। 

तत्कालै उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे। 

खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो। ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल खतिवडालाई बुझायो। दैनिक काम समेत अवरुद्ध भइरहेको अवस्थामा प्रहरीबाट मोटरसाइकल पाएपछि उनले खुशी व्यक्त गरे।

000

धादिङ सेर्तुङ-३ निवासी बेमान तामाङको मोटरसाइकल त्यसैगरी चोरी भयो। मोटरसाइकल चोरी भएपछि दैनिक रुपमा काम गर्न निकै समस्या पर्‍यो उनलाई। प्रहरीमा उजुरी दिए। 

ट्राफिक प्रहरीले खोजी तथा अनुसन्धान गर्दै जाँदा चोरी गरी लुकाएर राखेको स्थानबाट मोटरसाइकल फेला पर्‍यो। हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनी अझ बढी खुशी भए।

चोरी भएको मोटरसाइकल यसरी फेला पर्छ भन्ने नलागेको बताउने उनले भने, ‘प्रहरीले गरेको काम देखेपछि प्रहरीप्रति विश्वास बढेर गयो।’

000

Ncell 2
Ncell 2
nimb
nimb

खतिवडा र तामाङजस्तै धेरैको मोटरसाइकल चोरी हुने गरेको छ। चोरीका घटना रोकथाम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले कार्ययोजना नै बनाएर काम गर्न थालेको छ। 

यस सम्बन्धमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त भन्छन्, ‘चोरी भएका मोटरसाइकल खोजतलासको काममा पीडित सहायता इकाईका प्रहरी कर्मचारीहरू सादा पोसाकमा खटिन्छन्। शंकास्पद मोटरसाइकल जाँच गर्ने, वर्कसपमा चेक गर्ने, इन्जिन तथा चेसिस नम्बर जाँच गरी रुजु गर्ने र चोरीको हो वा होइन पत्ता लगाउने गरिन्छ। पीडितको निवेदनको आधारमा कम्प्युटर फाइलमा इन्जिन नम्बर तथा चेसिस नम्बरको खोजी समेत गरिन्छ। यसबाट हराएको र नहराएको एकिन हुन्छ।’

विशेषगरी, लक भाँचिएको, वायरिङका तारहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको मोटरसाइकल बारेमा थप अनुसन्धान हुन्छ। मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ। समयसमयमा सचेतनामूलक पर्चा वितरण पनि गर्ने गरिन्छ।

धेरैजसो अवस्थामा साँझ र रातको समयमा घर कम्पाउन्डको ताला फुटाएर मोटरसाइकल चोरी हुने गरेको भेटिने गरेको प्रहरीको अनुभव छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चोरीका मोटरसाइकल प्रायशः दुर्गम बस्तीमा घाँस दाउरा बोक्न, दुध ओसारपसार गर्ने काममा प्रयोग हुने गरेका छन्। राजधानीका मोटरसाइकल दुर्गम जिल्लामा लगेर नक्कली ब्लुबुक बनाएर चलाउने, नयाँ मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने र काम नलाग्ने पार्टपूर्जा बेवारिसे अवस्थामा फाल्ने गरेकाले पनि मोटरसाइकल फेला पार्न समस्या देखिएको प्रहरीको भनाइ छ। 

चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउन अल्छी नमान्ने र सम्भव भएसम्म जिपिएस ट्रयाकरलगायतका उपकरण जडान गरी मोटरसाइकल चोरीबाट सुरक्षित रहन सकिने प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताउँछन्। 

चालू आर्थिक वर्षमा ३ हजारभन्दा बढी मोटरसाइकल चोरी
चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट १ हजार ३ सय ९८ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्क छ।

तीमध्ये ३ सय ७६ वटा मोटरसाइकल फेला परेका छन्। फेला परेकामध्ये २ सय ६३ मोटरसाइकल सम्बन्धित व्यक्तिलाई तथा ९९ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ। बाँकी ३० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी छन्।

चोरीमा संलग्न ६९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको छ।

यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ६ सय ३४ वटा मोटरसाइकल चोरी भएका थिए। तीमध्ये ४ सय ८१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको थियो।

३ सय ४१ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो भने ८३ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको थियो। बाँकी ८९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी छन्। ट्राफिक प्रहरीले ४२ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो। 

काठमाडौंको बौद्ध, जोरपाटी, पेप्सीकोला, बानेश्वर, कोटेश्वर, चावहिल, गौशाला, महाराजगञ्जस्थित शिक्षण अस्पताल वरपर, बुढानीलकण्ठ, ठमेल, सुन्धारा, बालाजु, कलंकी, पुल्चोक, ग्वार्को, जावलाखेल र लगनखेलबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेका छन्।

उपत्यकाबाहिरका बिर्तामोड, दमक, विराटनगर, धरान, इनरुवा, सप्तरी, रौतहट, कास्की, रुपन्देही, सुर्खेत र कैलाली लगायतका विभिन्न ठाउँबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ। 

यस्तो छ चोरीमाथिको कारबाही व्यवस्था
मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को परिच्छेद २०, धारा २४१ को कसुरमा मोटरसाइकल चोरी गर्ने वा गराउने व्यक्तिलाई सोही परिच्छेदको धारा २४२ अन्तर्गत २ वर्षदेखि ७ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

चोरी भएका मोटरसाइकल ट्राफिक प्रहरीले सक्रिय भएर खोजी तथा अनुसन्धान गरी सम्बन्धित धनीलाई बुझाउँदै आएको छ। चोरीमा संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्दै आएको छ। साथै मोटरसाइकल चोरीलाई रोकथाम गर्न विभिन्न ठाँउमा खटिएर डिउटी गर्ने ट्राफिक प्रहरीले जथाभावी पार्किङ नगर्न आग्रह गर्दै आएको छ। 

मोटरसाइकल चोरी हुनुभन्दा पहिले स्वयं धनी सचेत भएमा चोरीमा कमी आउने ट्राफिक प्रहरीको अपेक्षा छ। मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा समेत ट्राफिक प्रहरीले फेला पारी पक्राउ गरेको छ। 

चोरी भएमा जति छिटो ट्राफिक प्रहरीलाई खबर गर्‍यो त्यति नै छिटो मोटरसाइकलको खोजी तथा अनुसन्धान हुने प्रहरीको भनाइ छ। 

(यो सामग्री प्रहरी प्रधान कार्यालयबाट प्राप्त बुलेटिनका आधारमा तयार पारिएको हो।)

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
तराईदेखि हिमालसम्म: यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य बुधबार, कात्तिक ४, २०८३
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्