• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दाउरा र दूध बोक्न चोरीका मोटरसाइकल

६९ चोर पक्राउ, यस्तो छ कारबाहीको व्यवस्था
64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  १८:३१
1140x725

काठमाडौं- केही समय पहिले काठमाडौं महानगरपालिका-६ बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो। 

तत्कालै उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे। 

खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो। ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल खतिवडालाई बुझायो। दैनिक काम समेत अवरुद्ध भइरहेको अवस्थामा प्रहरीबाट मोटरसाइकल पाएपछि उनले खुशी व्यक्त गरे।

000

धादिङ सेर्तुङ-३ निवासी बेमान तामाङको मोटरसाइकल त्यसैगरी चोरी भयो। मोटरसाइकल चोरी भएपछि दैनिक रुपमा काम गर्न निकै समस्या पर्‍यो उनलाई। प्रहरीमा उजुरी दिए। 

ट्राफिक प्रहरीले खोजी तथा अनुसन्धान गर्दै जाँदा चोरी गरी लुकाएर राखेको स्थानबाट मोटरसाइकल फेला पर्‍यो। हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनी अझ बढी खुशी भए।

चोरी भएको मोटरसाइकल यसरी फेला पर्छ भन्ने नलागेको बताउने उनले भने, ‘प्रहरीले गरेको काम देखेपछि प्रहरीप्रति विश्वास बढेर गयो।’

000

Ncell 2
Ncell 2

खतिवडा र तामाङजस्तै धेरैको मोटरसाइकल चोरी हुने गरेको छ। चोरीका घटना रोकथाम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले कार्ययोजना नै बनाएर काम गर्न थालेको छ। 

यस सम्बन्धमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त भन्छन्, ‘चोरी भएका मोटरसाइकल खोजतलासको काममा पीडित सहायता इकाईका प्रहरी कर्मचारीहरू सादा पोसाकमा खटिन्छन्। शंकास्पद मोटरसाइकल जाँच गर्ने, वर्कसपमा चेक गर्ने, इन्जिन तथा चेसिस नम्बर जाँच गरी रुजु गर्ने र चोरीको हो वा होइन पत्ता लगाउने गरिन्छ। पीडितको निवेदनको आधारमा कम्प्युटर फाइलमा इन्जिन नम्बर तथा चेसिस नम्बरको खोजी समेत गरिन्छ। यसबाट हराएको र नहराएको एकिन हुन्छ।’

विशेषगरी, लक भाँचिएको, वायरिङका तारहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको मोटरसाइकल बारेमा थप अनुसन्धान हुन्छ। मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ। समयसमयमा सचेतनामूलक पर्चा वितरण पनि गर्ने गरिन्छ।

धेरैजसो अवस्थामा साँझ र रातको समयमा घर कम्पाउन्डको ताला फुटाएर मोटरसाइकल चोरी हुने गरेको भेटिने गरेको प्रहरीको अनुभव छ।

चोरीका मोटरसाइकल प्रायशः दुर्गम बस्तीमा घाँस दाउरा बोक्न, दुध ओसारपसार गर्ने काममा प्रयोग हुने गरेका छन्। राजधानीका मोटरसाइकल दुर्गम जिल्लामा लगेर नक्कली ब्लुबुक बनाएर चलाउने, नयाँ मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने र काम नलाग्ने पार्टपूर्जा बेवारिसे अवस्थामा फाल्ने गरेकाले पनि मोटरसाइकल फेला पार्न समस्या देखिएको प्रहरीको भनाइ छ। 

चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउन अल्छी नमान्ने र सम्भव भएसम्म जिपिएस ट्रयाकरलगायतका उपकरण जडान गरी मोटरसाइकल चोरीबाट सुरक्षित रहन सकिने प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताउँछन्। 

चालू आर्थिक वर्षमा ३ हजारभन्दा बढी मोटरसाइकल चोरी
चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट १ हजार ३ सय ९८ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्क छ।

तीमध्ये ३ सय ७६ वटा मोटरसाइकल फेला परेका छन्। फेला परेकामध्ये २ सय ६३ मोटरसाइकल सम्बन्धित व्यक्तिलाई तथा ९९ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ। बाँकी ३० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी छन्।

चोरीमा संलग्न ६९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको छ।

यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ६ सय ३४ वटा मोटरसाइकल चोरी भएका थिए। तीमध्ये ४ सय ८१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको थियो।

३ सय ४१ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो भने ८३ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको थियो। बाँकी ८९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी छन्। ट्राफिक प्रहरीले ४२ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो। 

काठमाडौंको बौद्ध, जोरपाटी, पेप्सीकोला, बानेश्वर, कोटेश्वर, चावहिल, गौशाला, महाराजगञ्जस्थित शिक्षण अस्पताल वरपर, बुढानीलकण्ठ, ठमेल, सुन्धारा, बालाजु, कलंकी, पुल्चोक, ग्वार्को, जावलाखेल र लगनखेलबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेका छन्।

उपत्यकाबाहिरका बिर्तामोड, दमक, विराटनगर, धरान, इनरुवा, सप्तरी, रौतहट, कास्की, रुपन्देही, सुर्खेत र कैलाली लगायतका विभिन्न ठाउँबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ। 

यस्तो छ चोरीमाथिको कारबाही व्यवस्था
मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को परिच्छेद २०, धारा २४१ को कसुरमा मोटरसाइकल चोरी गर्ने वा गराउने व्यक्तिलाई सोही परिच्छेदको धारा २४२ अन्तर्गत २ वर्षदेखि ७ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

चोरी भएका मोटरसाइकल ट्राफिक प्रहरीले सक्रिय भएर खोजी तथा अनुसन्धान गरी सम्बन्धित धनीलाई बुझाउँदै आएको छ। चोरीमा संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्दै आएको छ। साथै मोटरसाइकल चोरीलाई रोकथाम गर्न विभिन्न ठाँउमा खटिएर डिउटी गर्ने ट्राफिक प्रहरीले जथाभावी पार्किङ नगर्न आग्रह गर्दै आएको छ। 

मोटरसाइकल चोरी हुनुभन्दा पहिले स्वयं धनी सचेत भएमा चोरीमा कमी आउने ट्राफिक प्रहरीको अपेक्षा छ। मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा समेत ट्राफिक प्रहरीले फेला पारी पक्राउ गरेको छ। 

चोरी भएमा जति छिटो ट्राफिक प्रहरीलाई खबर गर्‍यो त्यति नै छिटो मोटरसाइकलको खोजी तथा अनुसन्धान हुने प्रहरीको भनाइ छ। 

(यो सामग्री प्रहरी प्रधान कार्यालयबाट प्राप्त बुलेटिनका आधारमा तयार पारिएको हो।)

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्