काठमाडौं– गोंगबुस्थित नयाँ बसपार्कमा खटिएका इन्सपेक्टर हरिहर सुनार ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
बसपार्कको एक लजसँग पैसा लिँदै गर्दा सुनारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो।
अख्तियारको प्रारम्भिक अनुसन्धानमा सुनारले बसपार्क क्षेत्रका होटलहरुसँग रेट नै तोकेर पैसा उठाउने गरेका थिए। स्रोतका अनुसार, उनी माओवादी नेताहरुको सोर्र्स लगाएर बसपार्कमा सरुवा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।