काठमाडौं– अमेरिकाको डिभी परेकालाई नक्कली सर्टिफिकेट बनाइदिने गिरोह पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाले आठ जनाको गिरोहलाई सोमबार पक्राउ गरेको हो।
उनीहरुले प्लस टु पास गरेको सक्कली जस्तै देखिने सर्टिफिकेट बनाएर बिक्री गर्ने गरेको जानकारी प्रहरीले दिएको छ। जसवापत प्रतिव्यक्ति तीन हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेका थिए।
पक्राउ पर्नेहरुमा सिन्धुलीका रुद्रबहादुर मोक्तान, ताप्लेजुङका भुवानीप्रसाद भट्टराई, कालिकोटका विशालजंग शाही, सुरेश शाही, सुनसरीका अभय पोखरेल, चण्डोलका अनिल श्रेष्ठ, काभ्रेका देवराज तामाङ र मनमैजुका सन्तोष तिवारी छन्।
प्लस टु पास गरेकाहरु मात्र डिभीमार्फत अमेरिका जान पाउने भएकाले उनीहरुले नक्कली सर्टिफिकेट बनाइदिने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।