पाल्पा- पाल्पा रामपुरमा रुद्रनारायण श्रेष्ठले एक दशक अगाडि सिन्के चाउचाउ उद्योग सञ्चालनमा ल्याएका थिए। अहिले उनले उद्योगबाट राम्रो आम्दानी गर्दै आएका छन्।
चाउचाउ बिक्रीबाट मासिक दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। रामपुरको बजार विस्तार हुँदै गएपछि पछिल्लो समय सोचेभन्दा राम्रो व्यापार हुन थालेको उनी बताउँछन्।
'दैनिक पाँच क्विन्टलसम्म चाउचाउ बिक्री हुन्छ', श्रेष्ठले भने।
उनको उद्योगबाट उत्पादित चाउचाउ पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय बजारमा खपत हुँदै आएको छ। उहाँले व्यवसाय बढाउँदै जाँदा अहिले यस क्षेत्रमा बाहिरबाट चाउचाउ भित्रने क्रम घटेको छ।
चाउचाउ उद्योगमा अहिले १० जनाले रोजगारी पाएका छन्। समाजमा प्रतिष्ठित उद्योगीका रुपमा चिनिने श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय छन्।
व्यवसायबाट राम्रो कमाइ गर्दै श्रेष्ठले वैदेशिक रोजगारीमा भौतारिने युवाका लागि उदाहरण प्रस्तुत गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।