कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–९ की १७ वर्षीया राधिका जैशीको सर्पको डसाइबाट मृत्यु भएको छ।
सर्पले डसेपछि उपचारका लागि कैलालीको धनगढीतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको स्थानीय भारमल सुनारले बताए।
नगरपालिकास्थित स्वास्थ्य चौकीमा एन्टीस्नेक भेनम नहुँदा समयमै उपचार नभएको उनको भनाइ छ। 'उपचारका लागि २५ किलोमिटर टाढाको धनगढी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो,' उनले भने।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।