डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकाका कार्यालयमा तालाबन्दी गरिएको छ। सोमबार बेलुकी गाउँपालिकाका पाँच वटा वडाका अध्यक्षहरुले कार्यालयमा तालाबन्दी गरेका हुन्।
वडाध्यक्ष र गाउँपालिकाका सदस्यहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका जानकारी दिएका छन्।
स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि आए पनि भागेश्वर गाउँपालिकाको विकास र समृद्धिमा नयाँ आयाम नदेखिएको र त्यो अपेक्षा नेतृत्वमा नरहेको कारण जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन्।
गाउँपालिकाको सदरमुकाम (केन्द्र) कुनै पनि प्रस्ताव निर्णयार्थ पेश नहुनु, गाउँपालिकाकामा भएका भौतिक निर्माण (सडक, भवन) लगायत कार्यालय व्यवस्थापन सामग्री खरिद प्रक्रियामा अनियमितता, अपारदर्शिता हुँदै आएको तथा राज्यबाट तत्काल कार्यलय व्यवास्थापनको नाममा आएको रकमको हिसाबकिताब अहिलेसम्म पनि पारदर्शी तथा सामाजिक परीक्षणसमेत नगरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।