विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक सूचीअनुसार सबैभन्दा मोटा पनि विकसित देशको नागरिक रहेको पाइएको छ । सूचीमा अमेरिका, जर्मनी, बेलायत नै परेका छन् । मोटोपनको मुख्य कारण त्यो देशका नागरिकले अपनाउने जीवनशैली, शारीरिक निष्क्रियता र खानपान नै रहेको संगठनको भनाई छ ।
१. अमेरिकन समोआ– विश्वकै सबैभन्दा धेरै मोटाहरुको देश भनेर चिनिने प्रशान्त टापूको देश अमेरिकन समोआमा ९३ दशमलब ५ प्रतिशत मानिसहरु मोटा छन् । पारम्परिक खानपान त्याग्नु र पश्चिमी देशबाट आयात गरिएका खानाको बढी प्रयोगले यहाँका मानिसहरु बढी मोटाएको विश्व स्वास्थ्य संगठनको भनाई छ ।
२. किरिबाटी– प्रशान्त टापूको यो देशका ८१ दशमलब ५ प्रतिशत मानिस मोटा छन् । स्थानीयभन्दा प्रशोधन गरेका खाना बढी खानाले यहाँका मानिस मोटा भएका छन् । यहाँ स्थानीय खानाभन्दा आयातित खाना सस्तोमा पाइने भएकाले मानिसहरुले आयातितलाई नै मन पराउँछन् ।
३. संयुक्त राज्य अमेरिका– अमेरिकाका ६६ दशमलब ७ प्रतिशत मानिस मोटा छन् । आधुनिक जीवनशैल, प्रशोधन गरिएका फास्टफुड तथा उच्च फ्रुक्टोज भएका खाना खानाले मानिसहरु अमेरिकीहरु मोटा छन् ।
४. जर्मनी– जनसंख्याको ६६ दशमलब ५ प्रतिशत मानिसहरु मोटा छन्, यसको कारकमा बियर, चिल्लोपदार्थयुक्त खाना तथा शारीरिक निष्क्रियता मानिएको छ ।
५. इजिप्ट–इजिप्टमा ६६ प्रतिशत मानिसहरु मोटा छन् । कट्टर समाजका कारण यहाँका महिलाहरु मोटोपनको शिकार बढी हुन्छन् । यहाँ महिलालाई शारीरिक क्रियाकलाप अथवा खेलकुदमा भाग लिन स्वीकृति छैन ।
६. बोस्निया हर्जगोभिना– सन् १९९० को दशकमा युद्धमा फँसेको यो देशका ६२ दशमलब ९ प्रतिशत मानिसहरु मोटोपनको शिकार भएका छन् । अधिक धूमपान, मदिरा सेवन तथा अस्वस्थकर खानाका कारण यहाँका मानिस मोटा छन् ।
७. न्युजिल्याण्ड– यहाँका ६२ दशमलब ७ प्रतिशत मानिसहरु मोटोपनाबाट पीडित छन् । पश्चिमा जीवनशैली र शारीरिक निष्क्रियता नै यसको मुख्य कारण मानिएको छ ।
८. इजरायल– पश्चिमा जीवनशैलीका कारण यहाँ मोटोपन ३० वर्षमा तेब्बर भएको छ । ६२ दशमलब ७ प्रतिशत इजरायलीहरु मोटोपनाबाट पीडित छन् ।
९. क्रोसिया– यहाँ ६२ दशमलब ४ प्रतिशत मानिसहरु मोटा छन् । यहीकारण क्रोसियामा मुटु रोगका कारण मर्नेको संख्या बढी छ ।
१०. बेलायत– यहाँ ६१ प्रतिशत मानिसहरु मोटोपनाबाट पीडित भएको अध्ययनहरुले देखाएका छन् । बेलायत शारीरिक अभ्यास गर्नेमा युरोपेली देशमा तलबाट तेस्रो नम्बरमा पर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।