काठमाडौं– खुमलटारस्थित कृषि कार्यालयको हाकिम हुँ भन्दै विभिन्न व्यक्तिलाई ठग्ने एक व्यक्ति पक्राउ परेका छन्। सर्लाहीका सञ्जीवकुमार साह ललितपुरमा पक्राउ परेका हुन्।
साहले विदेश पठाइदिने तथा सवारीचालक अनुमतिपत्र बनाइदिने आश्वासन दिँदै चार जनालाई ठगी गरेको प्रहरीले जनाएको छ।
साहले नख्खिपोटका भीमकुमार मोबाबाट दुई लाख, हरिसिद्धिका सुरेन्द्र नेम्बाङबाट दुई लाख ५६ हजार, बौद्धकी धनलक्ष्मी थापाबाट २ लाख ५६ हजार र लालबहादुर लिम्बूबाट २० हजार रुपैयाँ ठगी गरेका थिए।
ग्वार्काेको सत्य साई गेष्ट हाउसबाट साहलाई सोमबार पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।
प्रहरीले उनीबाट विभिन्न व्यक्तिको पासपोर्ट, ठगी गर्न प्रयोग गरिएका कागजपत्र र दुई लाख सात हजार रुपैयाँ नगद पनि बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।