• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भूकम्पको ४० महिने टाइमलाइन : केके भए मुख्य घटनाक्रम? 

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  १५:१६
1140x725

काठमाडौं- २०७२ बैसाख १२ गते विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्‍यायो। बैसाखमा भूकम्प भए पनि भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणको कमाम भने पुसदेखि मात्रै सुरु भयो। त्यसयता ४० महिनासम्म केके गतिविधि भए? 

भूकम्पको ४० महिने समयरेखा–

२०७२ पुस 
पुस ५ भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ जारी।
 
पुस १० 
मन्त्रिपरिषद्‌द्वारा  वरिष्ठ इन्जिनियर एवं सहरी योजनाविद् सुशील ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त। 

पुस १२ 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले औपचारिक रुपमा काम सुरु गरेको।

२०७२ माघ 
भूकम्प अतिप्रभावित जिल्लाहरूमा भूकम्प प्रभावित आवास पुनर्निर्माण लगत सङ्कलन कार्य दोलखाबाट सुरु। 

माघ २
१९ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रत्नपार्कस्थित रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरी पुनर्निर्माण महाअभियान सुरु। 

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौं उपत्यकाको प्राचीन बस्ती बुङ्मतीको गुरुयोजना सार्वजनिक गरी निजी घर पुनर्निर्माणको शुभारम्भ।

२०७२ फागुन 
निर्देशक समितिद्वारा राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापना नीति, २०७२ पारित। मन्त्रिपरिषद्‌द्वारा  भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि, २०७२ पारित। 
उपत्यकाबाहेकका भूकम्प अतिप्रभावित ११ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु। दोलखा जिल्लाको लादुक गाविस वडा नम्बर ८ का घर धनी जगतबहादुर खत्रीसँग पहिलो अनुदान सम्झौता।

२०७२ चैत 
मन्त्रिपरिषद्‌द्वारा  भूकम्प प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी नियमावली, २०७२ पारित। भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी कार्यविधि, २०७२ पारित।
भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य अघि बढाउन सात वटा उपक्षेत्रीय कार्यालय खोल्ने प्राधिकरणको योजना अनुसार दोलखाको  चरिकोटमा पहिलो उपक्षेत्रीय कार्यालय स्थापना र सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा प्राधिकरणको एक विशेष सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय।

Ncell 2
Ncell 2
nimb
nimb

२०७३ बैसाख
बैसाख १२ 
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘गोरखा भूकम्प’ एक वर्ष पुगेको स्मृतिमा केद्रविन्दु बारपाक पुगेर भूकम्प स्मृति उद्यान तथा बारपाक–४ का गोपाल बिकको घर शिलान्यास। 

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भूकम्पपीडित सर्वे तामाङको निजी आवास पुनर्निर्माणको शिलान्यास। 

बैसाख ३० 
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी पञ्चवर्षीय योजना सार्वजनिक गरी पुनर्निर्माणका लागि ५ वर्षमा ९ खर्ब रुपियाँ लाग्ने अनुमान प्रस्तुत।

२०७३ जेठ 
प्राधिकरणद्वारा ‘भूकम्पबाट प्रभावित व्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कार्यविधि, २०७२’ स्वीकृत।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्वास तथा स्थानान्तरणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने  सम्बन्धी कार्यविधि, २०७२’ प्राधिकरणद्वारा पारित।

संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनद्वारा टर्कीको इस्तानबुलमा आयोजित विश्व मानवीय सम्मेलनलाई सम्बोधन गर्दै भूकम्पबाट क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरूको पुनर्निर्माणमा संयुक्त राष्ट्रसङ्घले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त।

२०७३ असार  
भूकम्पबाट आंशिक क्षति भएका घर मर्मत सम्भार एवं प्रबलीकरण गर्न ५० हजार रुपियाँ उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने प्राधिकरणको निर्णय। पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि पारित।

भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माण तथा पुनर्स्थापना गर्न आवश्यक जनशक्ति विकासका लागि व्यवस्थित र योजनाबद्ध रूपमा तालिम सञ्चालन गर्न प्राधिकरणद्वारा तालिम सञ्चालन तथा व्यवस्थापन निर्देशिका पारित।

२०७३ साउन प्राधिकरणद्वारा पुनर्निर्माणसम्बन्धी कार्यमा स्थानीय समुदायको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न ‘पुनर्निर्माण सामुदायिक समितिसम्बन्धी निर्देशिका, २०७३’ पारित।

२०७३ भदौ  
भूकम्पपीडितलाई निजीआवास पुनर्निर्माणमा सरकारबाट दिइने अनुदान २ लाखबाट वृद्धि गरी ३ लाख रुपियाँ उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय। 

भूकम्पबाट क्षति भएको सुन्दरीजलस्थित बिपी संग्रहालय पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाद्वारा शिलान्यास।

२०७३ असोज 
भूकम्पपीडितले घर पुनर्निर्माणका लागि पाउने अनुदान रकम पहिलो किस्तामा ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपियाँको हुने व्यवस्था।

२०७३ कात्तिक 
वैदेशिक सहायताद्वारा सञ्चालित पुनर्निर्माणसम्बन्धी कार्यमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरू एवं नागरिक समाजबीच आवश्यक समन्वय र सहजीकरण गर्न गराउन प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अध्यक्षद्वारा विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन। 

भूकम्पबाट क्षति भएका निजी घरको पुनर्निर्माण, प्रबलीकरण वा मर्मत गर्न‘पर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउन ‘निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३’ पारित।

२०७३ मङ्सिर  
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा करिब २३ करोड रुपैयाँ लागतमा पुनर्निर्माण भएको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपाको उद्घाटन।

२०७३ पुस 
सरकारद्वारा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गर्ने निर्णय।

कार्यकारी समितिको बैठकद्वारा विभिन्न विश्वविद्यालय अन्तर्गतका इन्जिनियरि सङ्काय कलेजमा सिभिल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई २०७३ माघ २१ देखि फागुन २० सम्म एक महिनाका लागि पुनर्निर्माण अभियानमा स्वयंसेवकका रूपमा खटाइदिने व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय।

२०७३ माघ 
झुटा विवरण पेस गरी लाभग्राही सूचीमा नाम समावेश भई निजी आवास पुनर्निर्माण सम्झौता गरेका व्यक्तिहरूलाई त्यसरी लिएको रकम फिर्ता गर्न आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गर्ने कार्यकारी समितिको निर्णय।

२०७३ फागुन 
कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रोत्साहित गर्न एकीकृत बस्ती निर्माण विकाससम्बन्धी सद्भावना दूत बनाउने कार्यकारी समितिको निर्णय।

२०७३ चैत
सर्वेक्षण सम्पन्न भई पहिचान भएका भूकम्प प्रधावित १७ जिल्लाका लाभग्राहीसँग अनुदान सम्झौता गरी अनदुान वितरण सुरु।

जोखिमयक्तु बस्तीका बासिन्दा एवं घरपरिवारको स्थानान्तरण सम्बन्धी आवश्यक व्यवस्था मिलाउन प्राधिकरणद्वारा ‘जोखिमयक्तु बस्ती स्थानानन्तरण तथा पुनर्स्थापना सम्बन्धी कार्यिवधि, २०७३’ पारित।

२०७४ बैसाख 
आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र एवं सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा सर्न चाहने भूकम्पपीडितलाई घडेरी जग्गा खरिद गर्न दुई लाख रुपियाँ उपलब्ध गराउने सम्बन्धी मापदण्ड तयार गर्न प्राधिकरणद्वारा कार्यटोली गठन।

२०७४ जेठ 
प्राधिकरणद्वारा ‘जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा सर्न चाहने भूकम्पपीडितलाई बसोबासयोग्य जग्गा खरिदसम्बन्धी मापदण्ड, २०७४’ पारित। 

प्राधिकरण कार्यकारी समितिद्वारा ‘न्यनूतम मापदण्ड अनरप नबनेका गारोवाला भवनहरूका लागि सुधार तथा अपवाद मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ स्वीकृत।

२०७४ असार 
पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७४ स्वीकृत। 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको १०औं निर्देशक समितिको बैठकद्वारा आर्थिक वर्ष २०७४/२०७५ का लागि १ खर्ब ४५ अर्ब ९३ करोड रुपियाँको  बजेट स्वीकृत। 

निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरणमा समयसीमा तोकेर अभियान चलाउने  निर्णय, भूकम्प प्रभावित १७ जिल्ला हेर्ने गरी थप आठ स्थानमा प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालय स्थापना गर्ने  निर्णय।

२०७४ साउन 
चिनियाँ उपप्रधानमन्त्री वाङयाङ र  उपपध्रानमन्त्री तथा परराष्ट्मन्त्री  कृण्णबहुर महराद्वारा चीन सरकारको  सहयोगमा पुनर्निर्माण हुने वसन्तपुर दरबार क्षेत्रस्थित नौतले दरबार पुनर्निर्माणको संयक्त रूपमा शिलान्यास। 

स्वास्थ्य मन्त्रालय अन्तर्गत आयोजना समन्वय एकाइद्वारा प्रस्तावित ‘स्वास्थ्य भवन पुनर्निर्माण कार्यविधि, २०७४’ प्राधिकरण कायर्कारी समितिद्वारा स्वीकृत।

२०७४ भदौ 
भूकम्प प्रभावित जिल्लाका पीडितहरूका लागि एकीकृत बस्ती विकास गर्ने  सम्बन्धमा तर्जुमा गरिएको ‘एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७४’ प्राधिकरणद्वारा स्वीकृत।

२०७४ कात्तिक 
प्रमुख कार्यकारी अधिकतृ डा गोविन्दराज पोखरेलले दिएको राजीनामा मन्त्रिपरिषदद्वारा स्वीकृत। नेपाल सरकारका पूर्वसचिव युवराज भुसाललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त।

२०७४ मंसिर 
हरेक वडामा एक जना प्राविधिक जनशक्ति पुर्‍याउने लक्ष्य अनुसार प्राधिकरणद्वारा नयाँ नियुक्ति पाएका ११ सयभन्दा बढी इन्जिनियर , सब  इन्जिनियर र असिस्टेन्ट सबइन्जिनियरलाई भूकम्प प्रभावित जिल्लामा परिचालन।

२०७४ माघ
प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकद्वारा पहिलो किस्ता लिएका लाभग्राहीले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने अवधि २०७४ चैत मसान्तसम्म कायम।

२०७४ फागुन 
गोरखा र नवुाकोटमा निजी आवास पुननिर्माणमा सामाजिक–प्राविधिक सहयोगका लागि भारत सरकार, युएनडिपी र  युएनओपिएसबीच छट्टाछट्टै  समझदारी पत्रमा हस्ताक्षर।

२०७४ चैत 
प्राधिकरणको परामर्श परिषद्को तेस्रो  बैठकद्वारा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने संसद् सदस्यहरू मध्येबाट समावेशी सिद्धान्तका आधारमा १४ जना सदस्य मनोनीत गर्दै परिषद्लाई पूर्णता। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, निर्देशक समितिको  बैठकद्वारा पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्दै  निजी आवास पुनर्निर्माणलाई जोड दिने निर्णय।

केन्द्रीय एवं जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइको मौजुदा संगठनमा फेरबदल गरी नयाँ संरचना पारित।

२०७५ बैसाख 
पुनर्निर्माणमा प्रदेश सरकार र प्रदेशसभा सदस्यहरूलाई जानकारी तथा सहभागी गराउने उद्देश्यले प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना।

२०७५ जेठ 
राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा भूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणका लागि टेन्डर आह्वान।

२०७५ असार 
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वसन्तपुर दरबार क्षेत्रमा रहेको पुननिर्मित गद्दी बैठकको उद्घााटन। 

२०७५ साउन 
पुनर्निर्माणमा भारत सरकारले  प्रतिबद्धता जनाएको अनुदान रकममध्ये पहिलो किस्ताबापत २ अर्ब १० करोड ४३ लाख रुपियाँ अर्थ मन्त्रालयमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई हस्तान्तरण।

मन्त्रिपरिषद् बैठकद्वारा सुशील ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकार अधिकतृ पदमा नियुक्त।

२०७५ भदौ 
कार्यकारी समितिको बैठकद्वारा काभ्रेपलान्चोक, सिन्धपुाल्चोक र रामेछापका गरी पाँच वटा नयाँ बस्ती बनाउने योजना स्वीकृत।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकद्वारा निजी आवास पुननिर्माण लगायतका विभिन्न कार्य स्थानीय तहलाई जिम्मा दिने निर्णय।

पुनर्निर्माण भएका निजी घरहरूको ५ वर्षका लागि ५ लाखसम्मको बीमा गर्नका लागि ५० प्रतिशत सम्बन्धित घरधनी र  ५० प्रतिशत सरकारले आर्थिक दायित्व वहन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा लेखी पठाउने निर्णय।

२०७५ असोज 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकण समितिको ८ औं बैठक सम्पन्न। 

सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी। तीन लाख रुपियाँको निजी आवास पुननिर्माण सहुलियत कर्जा उपलब्ध गराउने निर्णय। 

पुनर्निर्माण पुनर्सथापनाका लागि गैरसरकारी संस्था परिचालन सम्बन्धी स्रोत संशोधन विधेयक २०७५ स्वीकृत।

२०७५ कात्तिक
धरहराको पुननिर्माण सुरु। 

२०७५ चैत
निजी आवास अनुदानको लाभग्राहीमा  नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको स्थानीय तहमा खटिएका तोकिएका इञ्जिनियरमार्फत छुट तथा पुन जाँच सर्वेक्षण सुरु।

प्राधिकरणरद्वारा रसुवा जिल्लाको विभिन्न जोखिमपूर्ण बस्तीबाट विस्थापित एक सय नौ भूकम्पपीडितलाई सुरक्षित स्थानमा आवास पुनर्निर्माण गर्न खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहित सरकारी उच्चस्तरीय टोलीद्वारा अरनिको राजमार्गको निरीक्षण। दुई महिनाभित्र तातोपानी नाका पुन: सञ्चालन हुने जानकारी।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
सम्बन्धित सामग्री
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्