काठमाडौं– सात देशको अवैध मुद्रासहित चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।
ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका राहदानी नम्बर ई २०८७४९८८ बाहक चिनियाँ नागरिक ५० वर्षीय मिङ्ग जाङ्गलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
ह्यान्ड ब्यागेज जाँच गर्ने क्रममा ह्यान्ड क्यारीमा रहेको झोलाभित्र चाइनिज यान १५ हजार १ सय, अमेरिकी डलर ३४ हजार ७ सय ३०, कोरियन ३ लाख २७ हजार, पाउण्ड स्टर्लिङ १ हजार ८५, युरो ५ सय ३५, भुटानी ५ हजार ५ र टुजुगो क्रोनर ४० बरामद भएको प्रहरीले जनाएको छ।
उनलाई बरामद मुद्रासहित राजश्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।