काठमाडौं- प्रहरीद्वारा पक्राउ गरिएका पत्रकार दिपेश शाहीलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।
मध्याह्न राष्ट्रिय दैनिकका वरिष्ठ सम्वाददाता दिपेश शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको महासंघलाई जानकारी आएको भन्दै आज विज्ञप्तिमार्फत रिहाइको माग गरिएको हो। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको निधनको समाचार संकलनका क्रममा नर्भिक अस्पताल परिसरबाटै शाहीलाई प्रहरीले पक्राउ गरेको महासंघले जनाएको छ।
'सरकारद्वारा साता दिनदेखि देशका विभिन्न स्थानमा पत्रकारमाथि भएको प्रहरी हस्तक्षेप, धरपकड तथा पक्राउका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,' महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।