• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यसरी तंग्रिँदैछ भूकम्पले थिलथिलाे परेकाे हेलम्बु

फेरि जाग्यो रेन्बो ट्राउट, किबी र स्याउ खेती
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  १४:२५
1140x725

हेलम्बु- सिन्धुपाल्चोकको हिमाली गाउँपालिका हेलम्बु काठमाडौंबाट जति नजिक छ, त्यति विकट पनि। बर्खा लागेपछिका तीन/चार महिना सडकमा गाडी गुड्न सक्दैन। त्यस्तोमा सामान ढुवानी गर्न कठिनाइ हुन्छ। चिसोका महिना सिमेन्ट सेट हुन कठिनाइ हुन्छ। त्यसैले घर बनाउने समय भनेको फागुनको अन्त्यदेखि जेठ अन्त्यसम्म मात्र हो।

तर, यी समस्याका बावजुद हेलम्बुमा निजी आवास, विद्यालयको पुनर्निर्माणमा सन्तोषजनक गतिका साथ अघि बढेकाेले पुनः रौनक फर्किरहेको अनुभूत हुन्छ। हेलम्बु–१ का वडाध्यक्ष मिङ्मार लामाका अनुसार १ नम्बर वडाका सम्झौता गरेका ८ सय ८२ लाभग्राहीमध्ये ४ सय ८० जनाले तेस्रो किस्ता लिइसकेका छन्। दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ७ सय ३६ छ।

वडाध्यक्ष लामाका अनुसार जग्गा अभाव, पीडितका परिवारका सदस्य वेदैशिक रोजगारीमा जानु तथा लाभग्राहीको आर्थिक अभाव लगायतका कारणले अझै केही संख्यामा घर निर्माण सुरु हुन सकेकाे छैन। तथापि, घर निर्माणका लागि गर्मी मौसम कुरिरहेका लाभग्राहीले घर निर्माण सुरु गरे २०७६ असार मसान्तसम्ममा धेरै घर बनिसक्ने उनको आशा छ।

सोही वडामा पुनर्निर्माणका लागि भन्दै इञ्जिनियर नारायण अधिकारी खटिएका छन्। प्राधिकरणले खटाएदेखि नै सोही क्षेत्रमा कार्यरत धनुषाका अधिकारीलाई विकट हिमाली जिल्लामा सेवा गर्दा सन्तुष्टि मिलेको छ। अधिकारीका अनुसार ह्योल्मो जातिकाे सांस्कृतिक परम्पराका अनुसार ठूलो आकारका कोठा बनाउने प्रचलन भएको र त्यस्तो आकारको घर बनाउँदा खर्च पनि बढी लाग्ने भएका कारण खर्चको जोहो गर्न समय लागेकाले घर निर्माणमा ढिलाई भएको हाे।

हेलम्बुको स्युगेन्छेमा घर निर्माण गरिरहेका ५३ वर्षीय सितार लामाले तेस्रो किस्ता लिइसकेका छन्। लामा घरको निर्माण सकेर छिटोभन्दा छिटो नयाँ घरमा सर्न आतुर छन्। उनले इञ्जिनियरको सल्लाहमा तालिमप्राप्त डकर्मी लगाएर आफ्नो सांस्कृतिक आवश्यकता अनुसार ठूलो आकारका कोठासहितकाे घर निर्माण गरेका छन्।

‘ठूलो आकारका कोठा चाहिने र ढुवानी गर्न महंगो पर्ने भएका कारण अलिकति ढिला हुन गयो। अब छिटोभन्दा छिटो काम सकेर नयाँ घरमा सर्छु’, उत्साहपूर्ण शैलीमा लामाले सुनाए।

हेलम्बु पुग्दा त्यहाँका आवासलगायतका संरचना पुनर्निर्माणमा नेपालकाे मध्यपश्चिम क्षेत्रका दाजुभाइ पनि भेटिए। रुकुमको सानीभेरी–१, अर्मका मनबहादुर रोका ४ महिनादेखि स्युगेन्छेमा घर निर्माणमा खटिएका छन्। यसरी काम गर्दा रोकाजस्तै मजदुरले २ पटक खाना र एक पटक खाजासहित दिनको ८ सयदेखि १२ सय रुपैयाँसम्म पाउँछन्।

सिन्धुपाल्चोकको सबैभन्दा उत्तरको बस्तीहरुमध्ये एक मेलम्चीघ्याङ पर्यटकीय क्षेत्र पनि हो। खासगरी लाङटाङ क्षेत्रमा ट्रेकिङ गर्न रुचाउने विदेशी पर्यटकका लागि यो कमसेकम एक रात बिताउने स्थान हो। भूकम्पपछिका दुई वर्ष त यहाँको पर्यटन ठप्पै जस्ताे भयो। यहाँका सबैजसो घर भत्किएका थिए। तर, अब लगभग आधाभन्दा बढी घर ठडिइसकेका छन्। यसले गर्दा पनि बिस्तारै पर्यटन व्यवसाय पुनर्स्थापनामा यहाँका स्थानीय माेडिँदै छन्।

Ncell 2
Ncell 2
nimb
nimb

मेलम्चीघ्याङमा 'वाइल्ड भ्यू होटल' सञ्चालन गरिरहेकी सिली डोल्मा घले ढुवानी खर्च महंगो र मेलम्ची खोलामाथि पक्की पुल नबन्दा सामान ढुवानी गर्न कठिनाई भएकाे बताउँछिन्।यसकै कारण आफ्नो घर र होटल पुनर्निर्माण गर्न ढिलो भएको उनले गुनासाे गरिन्।

‘दुःखसुख गरेर हामीले पुनर्निर्माण गर्‍यौं र पर्यटकहरु फेरि आउन थालेका छन्। तीन–चार वर्षमा त घर बनाउन लागेको ऋण तिर्न सकिन्छ होला’, उनले गुनासाे गरिन्।

हेलम्बुकै तेम्बाथाङमा ४० लाभग्राही मिलेर एकीकृत बस्ती निर्माण गरेका छन्, थप ४ वटा घर पुनर्निर्माण हुने क्रममा छन्। बस्तीमा रहेका घरहरुको पुनर्निर्माण सकिएको छ। 'गोरखा भूकम्प' गएको दिन एक कार्यक्रम गरी साे बस्ती हस्तान्तरण गरिँदै छ।

यस अलावा जीविकोपार्जनका लागि बस्तीमा ४ वटा होमस्टे खोल्ने योजनामा छन् स्थानीय। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने पर्यटन व्यवसायमा सक्रिय तथा बस्तीका एक लाभग्राही साङ्गे लामाको विश्वास छ। ४२ रोपनीमा फैलिएको याे बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, हेलम्बु गाउँपालिका, अक्सफाम, जनहित ग्रामीण सेवा समिति तथा स्थानीयको पहलमा बनेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हेलम्बुमा निजी आवासका अतिरिक्त विद्यालय भवन निर्माण पनि अगाडि बढिरहेको छ। हेलम्बु–१ का वडाध्यक्ष मिङ्मार लामा आफ्नाे वडामा ६ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको बताउँछन्।

कारितासको सहयोगमा बनेको हेलम्बु–१ तिम्बुस्थित गोल्मादेवी माध्यमिक विद्यालयको पुनर्निर्मित भवन हेर्दा काठमाडौंको स्तरीय विद्यालयजस्तो लाग्छ। १ सय ९९ विद्यार्थी अध्ययनरत यस विद्यालयमा छात्र र छात्राका लागि अलगअलग छात्रावासको व्यवस्था गरिएकाे छ।

यसबाट टाढाका बालबालिकालाई विद्यालयकै छात्राबासमा बसेर अध्ययन गर्ने मौका मिलेको छ। विद्यालयका शिक्षक ओमप्रकाश ढुंगेलले नयाँ विद्यालय भवन बनेपछि विद्यार्थीको सिकाई अभिरुचीसमेत बढेको र गयल हुने प्रवृत्तिमा पनि कमी आएको जानकारी दिए।

सिन्धुपाल्चोकमै चर्चित मेलम्चीघ्याङस्थित श्री मेलम्चीघ्याङ विद्यालयको ११ कोठे भवन पुनर्निर्माण भइरहेको छ। कारितासको सहयोगमा पुनर्निर्माण भइरहेको भवन सम्पन्न भएपछि यहाँ अध्ययनरत २ सय ८५ विद्यार्थीलाई ठूलो राहत मिल्ने प्रधानाध्यापक पूर्ण बहादुर गौतम बताउँछन्।

हेलम्बु क्षेत्र निजी आवास पुनर्निर्माणको मैजारो गर्नतिर अघि बढेको छ। निजी आवास सकेर स्थानीयबासी नियमित जीवनमा फर्कन थालेका छन्। पर्यटनको रौनक पनि मुर्झाउँदै गएकाे छ।

कुनै बेला स्याउका लागि चर्चित हेलम्बुका स्थानीय फेरि स्याउका नयाँ बोट हुर्काउन थालेका छन्। किबी खेती र रेन्बो ट्राउट माछापालनमार्फत जीविकोपार्जनका नयाँ उपाय पनि खोज्दैछन्।

(हेलम्बु गाउँपालिकाका विभिन्न क्षेत्र घुमेर फर्केपछि एनआरएनएका दीपक सापकोटा)

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्