• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यसरी तंग्रिँदैछ भूकम्पले थिलथिलाे परेकाे हेलम्बु

फेरि जाग्यो रेन्बो ट्राउट, किबी र स्याउ खेती
64x64
नेपाल लाइभ बिहीबार, वैशाख १२, २०७६  १४:२५
1140x725

हेलम्बु- सिन्धुपाल्चोकको हिमाली गाउँपालिका हेलम्बु काठमाडौंबाट जति नजिक छ, त्यति विकट पनि। बर्खा लागेपछिका तीन/चार महिना सडकमा गाडी गुड्न सक्दैन। त्यस्तोमा सामान ढुवानी गर्न कठिनाइ हुन्छ। चिसोका महिना सिमेन्ट सेट हुन कठिनाइ हुन्छ। त्यसैले घर बनाउने समय भनेको फागुनको अन्त्यदेखि जेठ अन्त्यसम्म मात्र हो।

तर, यी समस्याका बावजुद हेलम्बुमा निजी आवास, विद्यालयको पुनर्निर्माणमा सन्तोषजनक गतिका साथ अघि बढेकाेले पुनः रौनक फर्किरहेको अनुभूत हुन्छ। हेलम्बु–१ का वडाध्यक्ष मिङ्मार लामाका अनुसार १ नम्बर वडाका सम्झौता गरेका ८ सय ८२ लाभग्राहीमध्ये ४ सय ८० जनाले तेस्रो किस्ता लिइसकेका छन्। दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ७ सय ३६ छ।

वडाध्यक्ष लामाका अनुसार जग्गा अभाव, पीडितका परिवारका सदस्य वेदैशिक रोजगारीमा जानु तथा लाभग्राहीको आर्थिक अभाव लगायतका कारणले अझै केही संख्यामा घर निर्माण सुरु हुन सकेकाे छैन। तथापि, घर निर्माणका लागि गर्मी मौसम कुरिरहेका लाभग्राहीले घर निर्माण सुरु गरे २०७६ असार मसान्तसम्ममा धेरै घर बनिसक्ने उनको आशा छ।

सोही वडामा पुनर्निर्माणका लागि भन्दै इञ्जिनियर नारायण अधिकारी खटिएका छन्। प्राधिकरणले खटाएदेखि नै सोही क्षेत्रमा कार्यरत धनुषाका अधिकारीलाई विकट हिमाली जिल्लामा सेवा गर्दा सन्तुष्टि मिलेको छ। अधिकारीका अनुसार ह्योल्मो जातिकाे सांस्कृतिक परम्पराका अनुसार ठूलो आकारका कोठा बनाउने प्रचलन भएको र त्यस्तो आकारको घर बनाउँदा खर्च पनि बढी लाग्ने भएका कारण खर्चको जोहो गर्न समय लागेकाले घर निर्माणमा ढिलाई भएको हाे।

हेलम्बुको स्युगेन्छेमा घर निर्माण गरिरहेका ५३ वर्षीय सितार लामाले तेस्रो किस्ता लिइसकेका छन्। लामा घरको निर्माण सकेर छिटोभन्दा छिटो नयाँ घरमा सर्न आतुर छन्। उनले इञ्जिनियरको सल्लाहमा तालिमप्राप्त डकर्मी लगाएर आफ्नो सांस्कृतिक आवश्यकता अनुसार ठूलो आकारका कोठासहितकाे घर निर्माण गरेका छन्।

‘ठूलो आकारका कोठा चाहिने र ढुवानी गर्न महंगो पर्ने भएका कारण अलिकति ढिला हुन गयो। अब छिटोभन्दा छिटो काम सकेर नयाँ घरमा सर्छु’, उत्साहपूर्ण शैलीमा लामाले सुनाए।

हेलम्बु पुग्दा त्यहाँका आवासलगायतका संरचना पुनर्निर्माणमा नेपालकाे मध्यपश्चिम क्षेत्रका दाजुभाइ पनि भेटिए। रुकुमको सानीभेरी–१, अर्मका मनबहादुर रोका ४ महिनादेखि स्युगेन्छेमा घर निर्माणमा खटिएका छन्। यसरी काम गर्दा रोकाजस्तै मजदुरले २ पटक खाना र एक पटक खाजासहित दिनको ८ सयदेखि १२ सय रुपैयाँसम्म पाउँछन्।

सिन्धुपाल्चोकको सबैभन्दा उत्तरको बस्तीहरुमध्ये एक मेलम्चीघ्याङ पर्यटकीय क्षेत्र पनि हो। खासगरी लाङटाङ क्षेत्रमा ट्रेकिङ गर्न रुचाउने विदेशी पर्यटकका लागि यो कमसेकम एक रात बिताउने स्थान हो। भूकम्पपछिका दुई वर्ष त यहाँको पर्यटन ठप्पै जस्ताे भयो। यहाँका सबैजसो घर भत्किएका थिए। तर, अब लगभग आधाभन्दा बढी घर ठडिइसकेका छन्। यसले गर्दा पनि बिस्तारै पर्यटन व्यवसाय पुनर्स्थापनामा यहाँका स्थानीय माेडिँदै छन्।

Ncell 2
Ncell 2

मेलम्चीघ्याङमा 'वाइल्ड भ्यू होटल' सञ्चालन गरिरहेकी सिली डोल्मा घले ढुवानी खर्च महंगो र मेलम्ची खोलामाथि पक्की पुल नबन्दा सामान ढुवानी गर्न कठिनाई भएकाे बताउँछिन्।यसकै कारण आफ्नो घर र होटल पुनर्निर्माण गर्न ढिलो भएको उनले गुनासाे गरिन्।

‘दुःखसुख गरेर हामीले पुनर्निर्माण गर्‍यौं र पर्यटकहरु फेरि आउन थालेका छन्। तीन–चार वर्षमा त घर बनाउन लागेको ऋण तिर्न सकिन्छ होला’, उनले गुनासाे गरिन्।

हेलम्बुकै तेम्बाथाङमा ४० लाभग्राही मिलेर एकीकृत बस्ती निर्माण गरेका छन्, थप ४ वटा घर पुनर्निर्माण हुने क्रममा छन्। बस्तीमा रहेका घरहरुको पुनर्निर्माण सकिएको छ। 'गोरखा भूकम्प' गएको दिन एक कार्यक्रम गरी साे बस्ती हस्तान्तरण गरिँदै छ।

यस अलावा जीविकोपार्जनका लागि बस्तीमा ४ वटा होमस्टे खोल्ने योजनामा छन् स्थानीय। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने पर्यटन व्यवसायमा सक्रिय तथा बस्तीका एक लाभग्राही साङ्गे लामाको विश्वास छ। ४२ रोपनीमा फैलिएको याे बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, हेलम्बु गाउँपालिका, अक्सफाम, जनहित ग्रामीण सेवा समिति तथा स्थानीयको पहलमा बनेको हो।

हेलम्बुमा निजी आवासका अतिरिक्त विद्यालय भवन निर्माण पनि अगाडि बढिरहेको छ। हेलम्बु–१ का वडाध्यक्ष मिङ्मार लामा आफ्नाे वडामा ६ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको बताउँछन्।

कारितासको सहयोगमा बनेको हेलम्बु–१ तिम्बुस्थित गोल्मादेवी माध्यमिक विद्यालयको पुनर्निर्मित भवन हेर्दा काठमाडौंको स्तरीय विद्यालयजस्तो लाग्छ। १ सय ९९ विद्यार्थी अध्ययनरत यस विद्यालयमा छात्र र छात्राका लागि अलगअलग छात्रावासको व्यवस्था गरिएकाे छ।

यसबाट टाढाका बालबालिकालाई विद्यालयकै छात्राबासमा बसेर अध्ययन गर्ने मौका मिलेको छ। विद्यालयका शिक्षक ओमप्रकाश ढुंगेलले नयाँ विद्यालय भवन बनेपछि विद्यार्थीको सिकाई अभिरुचीसमेत बढेको र गयल हुने प्रवृत्तिमा पनि कमी आएको जानकारी दिए।

सिन्धुपाल्चोकमै चर्चित मेलम्चीघ्याङस्थित श्री मेलम्चीघ्याङ विद्यालयको ११ कोठे भवन पुनर्निर्माण भइरहेको छ। कारितासको सहयोगमा पुनर्निर्माण भइरहेको भवन सम्पन्न भएपछि यहाँ अध्ययनरत २ सय ८५ विद्यार्थीलाई ठूलो राहत मिल्ने प्रधानाध्यापक पूर्ण बहादुर गौतम बताउँछन्।

हेलम्बु क्षेत्र निजी आवास पुनर्निर्माणको मैजारो गर्नतिर अघि बढेको छ। निजी आवास सकेर स्थानीयबासी नियमित जीवनमा फर्कन थालेका छन्। पर्यटनको रौनक पनि मुर्झाउँदै गएकाे छ।

कुनै बेला स्याउका लागि चर्चित हेलम्बुका स्थानीय फेरि स्याउका नयाँ बोट हुर्काउन थालेका छन्। किबी खेती र रेन्बो ट्राउट माछापालनमार्फत जीविकोपार्जनका नयाँ उपाय पनि खोज्दैछन्।

(हेलम्बु गाउँपालिकाका विभिन्न क्षेत्र घुमेर फर्केपछि एनआरएनएका दीपक सापकोटा)

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्