नवलपरासी- नवलपरासीमा एक शिक्षक बेपत्ता भएका छन्।
गत भदौ १६ गते विद्यालयमा पढाएर हिँडेका रामप्रसाद चापागाईं घर नआईकन सम्पर्कविहीन भएका हुन्। उनको खोजीका लागि श्रीमती संगीता र बुबा दुर्गादत्तले इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन्।
कावासोती निवासी चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाउँदै आएका छन्। उनकी पत्नी संगीताले भनिन्, 'विद्यालयबाट ४ बजे निस्किएको विद्यालय प्रशासनले जानकारी दियो तर पाँच दिनसम्म पनि उहाँ आउनुभएन। फोन सम्पर्क गर्दासमेत सम्पर्क हुन सकेको छैन।'
विद्यालय प्रशासनले पनि आफूहरुलाई केही जानकारी नगराएको बताएको छ। कावासोतीबाट चार किलोमिटर दुरीमा रहेको उक्त बोर्डिङ्मा चापागाईंले गत बैसाखदेखि पढाउन थालेका थिए।
यसैबीच, नवलपरासी बर्दघाट नगरपालिका–१६ केराघारीको एक बालिका बेपत्ता भएकी छिन्।
आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता मंगलबारबाट हराएकी हुन्। गंगा माविबाट उनी साथीसँगै पौडी खेल्न गएकी थिइन्। तीन जना साथी घर फर्किएका थिए भने उनी दाइको ससुराली सर्दी जान्छु भनी हिँडेकी थिइन्। त्यहाँ पनि नपुगेको र घर नफर्केको आमा आशाले बताइन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।