रसुवा– रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित चौतारामा सुतली बम भेटिएको छ।
प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका इञ्जिनियर मोहन आचार्यको घर नजिकै बम फेला परेको प्रहरीले जनाएको छ।
बम राखिएको जानकारी पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।