रसुवा- मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा प्रयोग भएको मोटरसाइकलमा आगजनी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटनामा संलग्न भएको आशंकामा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेका ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका विजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रवि थापालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा वाम गठबन्धनले मोटरसाइकल पार्किङ गर्ने क्रममा विवाद भएपछि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आगजनी गरेको गठबन्धनको आरोप छ।
घटनापछि बेवारिसे अवस्थामा छाडिएको ७ वटा मोटरसाइकल र एउटा स्कार्पियो प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक ध्रुव सिलवालले बताए। प्रहरीका अनुसार निर्वाचन प्रचारको लागि गोल्जुङबाट ठूलोहाकु जाने क्रममा वाम गठबन्धनको झन्डा प्रयोग भएको सवारीसाधन पार्किङ गर्न नमिल्ने भनेर अवरोध गरेपछि घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।