रसुवा- रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीन वटा मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको छ।
वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका ती मोटरसाइकलमा आइतबार साँझ आगजनी गरिएको हो। गठबन्धनले ग्रेमा सवारीसाधन रोकेर निर्वाचन प्रचारप्रसार अभियानका लागि नेसिङतिर लागेको समयमा घटना भएको प्रहरीले जनाएको छ। नेसिङमा चुनावी अभियान सकाएर फर्किँदै गर्दा घटना भएपछि गठबन्धनका कार्यकर्ताले प्रहरीलाई खबर गरेका थिए।
ग्रे लोकतान्त्रिक गठबन्धनको पकेट क्षेत्र भएकाले लोकतान्त्रिकका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनामा संलग्न भएका व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरिक्षक धुव्र सिलवालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।