काठमाडौं– राजधानीको म्हैपीमा डान्सर युवतीका लागि गोली हान्ने युवकलाई जेल चलान गरिएको छ।
स्वयम्भु बस्ने असुन गुरुङलाई आइतबार काठमाडौं जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा जेल चलानको आदेश दिएको हो।
उनले गत कात्तिक ५ गते एक डान्सर युवतीको विवादमा गोरखाका कल्याण गुरुङलाई म्हैपीमा गोली हानेका थिए। उनीसँगै पक्राउ परेकी डान्सर युवतीलाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ।
ठमेलको हुक्का बारमा काम गर्ने डान्सर युवतीलाई पिछा गरेका युवाहरुलाई तर्साउन असुनले गोली हानेका थिए। ठमेलको सिएनआई क्लबमा चिनजान भएका कल्याण लगायतले युवतीलाई पिछा गरेपछि उनले असुनलाई बोलाएकी थिइन्।
सोह्रखुट्टे ओरालोबाट युवतीलाई गाडीमा राखेर लैजाने क्रममा कल्याण लगायतका युवकले मोटरसाइकलमा पिछा गरेपछि असुनले खुट्टामा गोली हानेका थिए। सोही दिन दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो।
युवतीलाई धरौटीमा छाडिए पनि उनीमाथि अब हातहतियार मुद्दा चल्ने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेलबहादुर पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।