काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का छोरा प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको ठूलो भिड लागेको छ। अहिले अन्तिम श्रद्धाञ्जली दिने क्रम जारी छ।
उनलाई पशुपति आर्यघाटको घाट नम्बर २ मा अन्त्येष्टिको तयारी गरिएको छ।

यसअघि नर्भिक अस्पतालबाट उनको शव श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राखिएको थियो। उनलाई श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पनि ठूलो घुइँचो लागेको थियो।
बिहान लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा रहेका उनलाई नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्याउँदै उनको निधन भइसकेको चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार इमर्जेन्सीमा पुर्याउनेबित्तिकै प्रकाशको इसिजी गर्दा ‘फ्लाट’ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।