काठमाडौं- फिल्म ‘हजार जुनीसम्म’को ‘एमजी रोडैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी साे गीत सार्वजनिक गरिएकाे हाे। गीतमा राजनराज सिवाकोटी र मेलिना राइको स्वर तथा सिवाकोटीकै शब्द तथा संगीत रहेको छ।
फिल्मको गीतलाई शब्दअनुसार नै सिक्किमको एमजी रोडमा छायांकन गरिएको छ।
उल्लेखनिय कोरसको प्रयोग गरिएको भिडियोमा फिल्मका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधान फिचर छन्। कविराज गहतराजले कोरियोग्राफी रहेको गीतको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।
विकासराज आचार्यको निर्देशनमा निर्माण भएको फिल्ममा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद रहेको छ।
साउनको ३० बाट प्रदर्शनको तयारी रहेको फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतको पनि अभिनय छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।