बुटबल- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले गैर-जिम्मेवार शैलीका कारण ओली सरकार आफैं ढल्ने बताएका छन्।
सर्वसत्तावादको दम्भमा उत्रिएको सरकार गैर-जिम्म्वार बनेकै कारण मुलुकको राष्ट्र, राष्ट्रियता र अर्थतन्त्र इतिहांसमै कमजोर बनेको दाबी नेता केसीको थियो।
रिपोर्टर्स क्लवले सोमबार रुपन्देहीको बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै कांगे्रस नेता केसीले ओली सरकारले देशभन्दा पार्टी र व्याक्तिलाई माथि राखेर एकदलीय रुपमा चलेकै कारण अहिले राष्ट्र, राष्ट्रियताको अवस्था कमजोर बनेको उनले ठोकुवा गरेका थिए।
राष्ट्रियताको नारा बाड्ने सरकारकै पालामा राष्ट्रिय परिस्थिति गम्भीर बन्नु दुखदायी भएको नेता केसीको भनाइ छ।
सरकारले हावादारीका नारा बाँडेर जनतालाई भ्रममा पारेको आरोप लगाउंदै नेता केसीले ओली सरकार आफैंले गरेका गल्तीकै कारण ढल्ने बताए।
सरकार निरंकुश शैलीमा सर्वसत्तावादको बाटोमा हिँडेको दाबी गर्दै एकदलीय कम्युनिस्टको शासन व्यवस्थाबाट देश नचल्ने भन्दै आलोचनासमेत गरे।
सरकार र कम्युनिस्टहरुप्रति आलोचना गर्दै दुई तिहाईको दम्व देखाएर सरकार सेना आफैं चलाउने सुरमा रहेको दाबी गर्दै कम्युनिस्ट सरकारप्रति जनता रुष्ट रहेको उनको दाबी छ।
प्रधानमन्त्री ओलीले संसदीय प्रक्रिया र मूल्यमान्यता तोडेको आरोप लगाउँदै नेता केसीले सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा नभएको जिकिर गरे।
दुई तिहाई बहुमतको सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न नसकका तथा अपराधमा संलग्नहरुलाई राजनीतिक आवरणमा संरक्षण दिएकाले यस्ता खालका गलत क्रियाकलपाको कांगे्रसले विरोध गर्दै आएको उनको भनाई छ।
रिपोर्टर्स क्लब प्रदेश नम्बर ५ का संयोजक रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।