काठमाडौं– सलमान खान अभिनित फिल्म ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ।
पहिलो भारतीय प्रधानमन्त्री जवाहरुलाल नेहरुको संवादबाट ट्रेलर सुरु भएको छ। करिब ३ मिनेट ११ सकेन्ड लामो ट्रेलरमा अभिनेता सलमानाको पूर्ण दबदबा देख्न सकिन्छ।
कटरीना कैफ, दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवरलगायतको अभिनयमा रहेको फिल्म ‘भारत’ करियन फिल्म ’ओड टू माई फादर’को रिमेक समेत हो।
अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म फ्लोमा निस्किएपछिनै दर्शकमाझ प्रतिक्षित फिल्मका रुपमा हेरिएको छ। जसको टिजर तथा पोस्टर समेत यस अघि चर्चाका विषय बनेका थिए।
सार्वजनिक ट्रेलरमा सलमानका साथमा कट्रिना कैफको केमेस्ट्रि निकै उत्कृष्ट देख्न सकिन्छ। फिल्मको शीर्ष भूमिका ‘भारत’को भूमिकामा देखिएका सलमानको ७१ वर्षको सम्मको यात्रा देखाइएको छ।
ट्रेलरमा सलमान पाँच भिन्न भिन्न भूमिका प्रस्तुत छन्। फिल्म जून ५ बाट प्रदर्शनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।