काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्वमा जम्मा साढे दुई प्रतिशत महिलाले अवसर पाएका छन्। जिल्ला एकता प्रक्रियापछि घोषित अध्यक्षमा ३ र सचिवमा १ जना मात्र रहेका छन्।
सबै ७७ जिल्लाका १ सय ५४ जना नेता चुनिँदा महिला चार जनाले मात्रै अवसर पाएका हुन्।
अध्यक्ष चुनिनेमा लमजुङबाट मधु अधिकारी मकवानपुरबाट मुनु सिग्देल र काभ्रेपलाञ्चोकबाट रुकु चौलागाईं अध्यक्ष चुनिएकी हुन्।
यसैगरी सचिवमा इलामबाट सोममाया राई छनोट भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।