काठमाडौँ- ताप्लेजुङको फुङलिङमा हालै सुरु गरिएको ‘कञ्चनजंगा स्पाइस गार्डेन टुरिज्म ट्रेल’ र मोबाइल ‘एप’ को औपचारिक सुभारम्भ गरिएको छ।
चर्चित हिमाल कञ्चनजंगा र पवित्र तीर्थस्थल पाथीभरा जाने पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को सहकार्यमा उक्त पदमार्ग सञ्चालनमा ल्याइएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सो पदमार्गको बाटो नक्सा ‘रुट म्याप’ र प्रवर्द्धनात्मक पोस्टर शुक्रबार सार्वजनिक गरे।
यसअघि ताप्लेजुङमा सरोकारवाला निकाय तथा स्थानीयबीच अन्तरक्रिया कार्यक्रममा अलैँची पदमार्गको घोषणा गरिएको थियो। नेपाल पर्यटन बोर्डलगायत संस्थाको प्रवर्द्धनात्मक सहयोग रहेको छ।
फुङ्लिङ नजिकको फुरुम्बु र सिकैचामा फैलिएको अलैँची खेती वरिपरिलाई केन्द्रपारि करिब (३५ किमी दुरी) को पदमार्ग बनाइएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।