ओखलढुंगा- वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावीसभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ।
प्रहरी निरीक्षक सीता कार्कीका अनुसार सुनकोसी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको हो। विस्फोटमा मानवीय क्षति नभएको र सवारी साधनमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ। घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ।
वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ।
कांग्रेसको चुनावीसभामा भने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ। विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।