काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेता माधवकुमार नेपाल कार्यक्रम नै छोडेर निस्किएका छन्।
आज काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा आसन ग्रहण गरेलगत्तै उनी सहभागी नभई बाहिरिएका हुन्।
उक्त कार्यक्रमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले मात्रै बोल्ने सूची थियो।
पार्टी एकतापछि असन्तुष्टि जनाउँदै आएका नेता नेपालले सरकारको कार्यशैलीप्रति खुलेरै विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।