काठमाडौं- काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा गएराति नम्बर नखुलेको मोटरसाइकलले बा ७४ प ८१९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।
राति साढे ९ बजे भएको दुर्घटनामा स्कुटर चालक पर्सा घर भई काठमाडौंको कोटेश्वर बस्ने पंकज वंशाली र स्कुटरको पछाडि रहेकी अनामनगर बस्ने रितु अग्रवाल घाइते भएका हुन्। दुवैको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।