काठमाडौं- प्रहरीले राजधानीको बागबजारबाट प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई शुक्रबार गिरफ्तार गरेको छ।
प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियासहित वैरागी जेठा र अच्युत तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दुई जना रिहा भएका छन् भने थपलियालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।
प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ।
थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक हुन्। चिया पिउन लागेको अवस्थामा एक्कासि गिरफ्तारीमा परेको कवि जेठाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।