काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई काठमाडौंमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोले पक्राउ परेको व्यक्तिसँग एक हजार २२५ युरो, नौ हजार ७१० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ ।
ब्यूरोले हालसम्म एटिएमबाट ठगीमा चार रोमानियन, तीन टर्किस, दुई बुल्गेरियन, चार माल्दोभियन र दुई भारतीय गरी १५ जनालाई कारबाही गरिसकेको छ । पक्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कारबाही हुने ब्यूरोले जनाएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।