काठमाडौं- बालाचतुर्दशीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा नागमणिसहित अन्य दुर्लभ सामग्री सार्वजनिक गरिने भएको छ।
सो अवसरमा पशुपतिनाथको कवच, मुकुट, र एकमुखे रुद्राक्ष सर्वसाधारणलाई दर्शन गराउने व्यवस्था पशुपति क्षेत्र विकास कोषले मिलाएको छ।
शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म भक्तजनलाई दर्शन गराउने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए।
कोषका कार्यकारी निर्देशक रमेशप्रसाद उप्रेतीका अनुसार हरेक वर्ष शतबीज छरेको भोलिपल्ट यस्ता दुर्लभ वस्तु प्रदर्शन गरिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।