लन्डन- इंग्लिस प्रिमियर लिगमा लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले आइतबार भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई उसैको मैदानमा २-० ले हरायो। उसका लागि विज्नाल्डमले ५७ मिनेट र मिल्नरले ८१ मिनेटमा गोल गरे।
अर्को खेलमा क्रिस्टल प्यालेसले आर्नसललाई ३-२ ले हरायो। क्रिस्टलका लागि बेन्टेकेले १७, जाहाले ६१ र म्याकअर्थरले ६९ मिनेटमा गोल गरे। आर्सनलका लागि ओजिलले ४७ र आउबामेयाङले ७७ मिनेटमा गोल गरे।
यता एभर्टनले म्यानचेस्टर युनाइटेडलाई ४-० ले हरायो। एभर्टनका लागि रिचार्डसनले १३, सिगुर्डसनले २८, डिग्नेले ५६ र वालकोटले ६४ मिनेटमा गोल गरे।
लिगमा ३५ खेलबाट लिभरपुलले ८८ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३४ खेलबाट ८६ अंक, तेस्रो स्थानको टोटनह्यामको ६७, चौथो स्थानको आर्सनलको ६६, पाँचौ स्थानको चेल्सीको ६६ र छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।