नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडमा ओलम्पियन गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। आर्मीकी खेलाडी ५० मिटर ब्याकस्टोकमा गौरिकाको कीर्तिमानसहित स्वर्ण जितिन्। उनले निर्धारित दूरी ३०.८५ सेकेन्डमा पूरा गरिन्। यरअघि यो रेकर्ड गौरिकाले नै ३१.२२ मिनेटमा पूरा गरेर बनाएकी थिइन्।
यो स्पर्धमा पुलिसकी अनुष्का पोखरेल दोस्रो र एपिएफकी युस्का महर्जन तेस्रो भइन्।
गौरिकाले ८ सय मिटरमा फ्रिस्टायल ९ मिनेट ३९.२२ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितिन्। यो स्पर्धामा आर्कीकै उस्नी महर्जन दोस्रो र नेपाल पुलिसकी समीरा शोभा थापा तेस्रो भए।
यता ५० मिटर ब्याकस्टोकमा एपिएफका तेन्जिङ गुरुङ नयाँ रेकर्ड बनाए। यसअघि मिराज प्राजापतिको नामा ३३.५७ सेकेन्डमा रहेको कीर्तिमान तोड्ने क्रममा तेन्जिङले ३२.८१ सेकेन्डमा पौडिए। यो स्पर्धामा प्रदेश ३ का जयन्त प्रकास गुरुङ दोस्रो र पुलिसका तरुण भन्डारी तेस्रो भए।
८०० मिनेटर पूरुष फ्रिस्टायलमा एनआरएनएका नाथन दोर्जी शेर्पा पहिलो भए। एपिएफका नारिस हुसेन दोस्रो र एपिएफकै उर्गेन महर्जन तेस्रो भए।
महिला १०० मिटर ब्रेस्टस्टोक दुना थापा आर्मी पहिलो, एपिएफकी तिसा शाक्य दोस्रो र आर्मीका उपास्ती महर्जन तेस्रो भए।
एपिएफका शुभम श्रेष्ठले १०० मिटर ब्रेस्टस्टोक रेकर्ड बनाए। उनले आफ्नो नामा रहेको १ मिनेट ८.३४ सेकेन्डको रेकर्ड तोडेर १ मिनेट ८.१५ सेकेन्डको नयाँ रेकर्ड बनाएका हुन्। पुलिसका सायेद साह दोस्रो र पुलिसकै दिपान्कर अवाले तेस्रो भए।
महिला २ सय मिटर बटरफ्लाइमा आर्कीक दुना लामा पहिलो, एपिएफकी श्रीबी महर्जन दोस्रो र एपिएफकै दिया स्थापित तेस्रो भए।
पुरुष २ सय मिटर बलरफ्लाइ एनआरएनका नाथान दोर्जी शेर्पा पहिलो, आर्मीका अनुभव सुब्बा र पुलिसका सायेद शाह तेस्रो भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।