• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

खाली खुट्टा दौडिएर प्रदेश ५ की खेलाडीले जितिन् कास्य

64x64
नेपाल लाइभ आइतबार, वैशाख ८, २०७६  १७:५२
1140x725

बेलझुन्डी (दाङ)- आठौं राष्ट्रिय खेलकुद प्रतियोगितअन्तर्गत दाङको बेलझुन्डी रंगशालामा भइरहेको एथ्लेटिक्सको तेस्रो दिन प्रदेश ५ की एक खेलाडीले खाली खुट्टा कुदैरै कास्य पदक जितेकी छन्।

प्रदेश ५ की कलमा जैसीले चार गुणा चार सय रिले दौडमा कास्य पदक जितेकी हुन्। प्रदेश ५ महिला टिम रिलेमा कमलासँगै पूर्णीमा खड्का, अरुणा रिजाल र पूजा चौधरीले कुदेका थिए। अन्तिममा कुदेकी कमला भने खाली खुट्टामै दौडिएकी थिइन्। उनले स्पाइक जुत्ता नभएको र सामान्य जुत्ताले दौडँदा अप्ठेरो भएकाले खाली खुट्टामै कुदेको बताइन्।

बाँके नारायणपुरकी कमलाले यसअघि १५ सय र ५ हजार मिटरमा पनि भाग लिएकी थिइन्। तर दुवैमा सामान्य जुत्तामा दौडदा सोचेको जस्तो नतिजा नआएकाले उनले चार गुणा चार सय दौडमा भने खाली खुट्टामै भाग लिएको बताइन्।

उनले भनिन्,'सामान्य जुत्ता थियो। दौडनका लागि चाहिने स्पाइक जुत्ता थिएन। त्यसैले खाली खुट्टामा दौडिएको हुँ। यसअघि १५ सय मिटर र ५ हजार मिटरमा पनि जुत्ता लगाएर कुँदे। तर जुत्ता लगाएर कुद्दा राम्रो भएन। घरमा रनिङ गर्ने जुत्ता थियो। त्यो पनि ल्याउन बिर्सिएछ,'  उनको भनाइ छ। 

१५ सय र ५ हजार मिटरमा पनि उनले जुत्ता लगाउन चाहेकी थिइनन्। तर प्रशिक्षकहरुको दबाबका कारण जुत्ता लगाएर कुदेकी थिइन्। 'मैले घरमा खाली खुट्टामै प्रशिक्षण गरेकी थिएँ। खाली खुट्टा दौडन पाएको भए पदक ल्याउँछु भन्ने आशा थियो,'  उनले भनिन्। 

बेलझुन्डी रंगशालामा सिन्थेटिक ट्र्याकमा कुद्नुपर्छ भन्ने विषयमा उनी जानकार थिइनन्। बेलझुन्डी आइपुगेर ट्र्याक देखेपछि उनी निराश भएकी थिइन्। 'सिन्थेटिक ट्र्याकमा दौडनुपर्छ भन्ने थाहा थिएन। माटोमा दौडँदा कुनै अप्ठ्यारो हुँदैन थियो। तर सिन्थेटिक ट्र्याकमा खाली खुट्टा कुद्दा साह्रै बिजायो,'  कमलाले पीडा पोखिन्।

खाली खुट्टामा दौडिएर भएपनि पदक जित्न पाउँदा उनी खुसी छिन्। सुरुवातमा पछि परेपनि कमलासहितको प्रदेश ५ ले अन्य प्रदेशका खेलाडीलाई पछि पारेर कास्य पदक हात पार्न सफल भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यो स्पर्धामा आर्मीको टिम पहिलो हुँदा एपिएफले दोस्रो स्थान हात पार्यो। आर्मीले ४ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दा एपिएफले ४ मिनेट १३ सकेन्डमा निर्धारित दूरी पार गरेर रजत हात पार्यो। प्रदेश ५ ले  ४ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्यो।

कास्य पदक हात पारेका कमलासहित चार जनाले यसअघि कहिल्यै सँगै प्रशिक्षण गरेका थिएनन्।

कमला बाँके नारायणपुरकी हुन् भने अरुणा रिजाल दाङकी हुन्। यस्तै पूर्णीमा खत्री बाँके र पूजा खत्री बर्दियाकी हुन्। तर पनि विभागीय टिमलाई टक्कर दिन सकिने विश्वास चारै जनासँग थियो।

प्रशिक्षक चन्द्रबाहादुर गुरुङले पनि कमलामा प्रतिभा देखेकाले रिले दौडको अन्तिममा राखेका थिए। पूर्णिमाले भनिन्, 'कमलाको फिनिसिङ राम्रो थियो। त्यसैले गुरुले उनलाई अन्तिममा दौडन भन्नु भएको थियो।' 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१८ वर्षीय कमलाले औपचारिक रुपमा दौडन थालेको ४ वर्ष भइसक्यो। यसअघि उनले २०७४ मा इटहरीमा भएको राखेप च्याम्पियनसिपमा भाग लिएकी थिइन्। त्यहाँ पनि उनले खाली खुट्टा नै दौडिएकी थिइन्। त्यसपछि उनले जुनियर एथ्लेटिक्समा पनि भाग लिइन्। मुख्य विधा १५ सय मिटरलाई बनाएकी कमलाले जुनियर च्याम्पियनसिपमा पनि खाली खुट्टामै दौडिइन्। 

बाँकेको सदरमुकाम नेपालगन्जबाट २ घन्टा नारायणपुरकी बासिन्दा उनले अब स्पाइक जुत्ता लगाएर प्रशिक्षण गर्दै एथ्लेटिक्समा भविष्य खोज्ने योजना बनाएकी छिन्। गाउँकै उच्च माविमा कक्षा ११ मा अध्ययन उनले भनिन्,'बाच्चै देखि दौडन खुब मन पर्थ्यो। अब एथ्लेटिक्समै मिहिनेत गरेर पदक जित्ने इच्छा छ।' 


 

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्