काठमाडौं- वातावरण, शान्ति, सुरक्षा तथा सामाजिक न्याय केन्द्र (स्कोप नेपाल) ले विभिन्न ठाउँमा उम्मेदवारमाथि भएको बम आक्रमणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा रुकुम, रोल्पा, भोजपुर, नुवाकोट, गोरखा लगायतका जिल्लामा उम्मेदवारमाथि भएको सांघातिक आक्रमणलाई सामान्य रुपमा हेर्न नहुने जनाउँदै बेलैमा यसखालका हिंसा नियन्त्रण गर्न समेत सो संस्थाले आग्रह गरेको छ।
'सबै उम्मेदवार तथा मतदताको सुरक्षाको सुनिश्चितता गर्ने दायित्व सरकारको हो,' संस्थाका अध्यक्ष अभयराज जोशी र निर्वाचन पर्यवेक्षण संयोजक गोविन्द रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारबाट तत्काल उम्मेदवार र आम मतदातामा पूर्ण सुरक्षाको अनुभूति हुने वातावरणको निर्माण गरिनुपर्छ।'
साथै संस्थाले चनाखो भई निर्वाचन पर्यवेक्षणलाई अझ प्रभावकारी बनाउन निर्वाचन पर्यवेक्षक, मानवअधिकार रक्षक र नागरिक समाजका सदस्यहरुलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।