राजविराज- सप्तरीको राजविराजको मुख्य चोकचोकमा उम्मेदवारले आचारसंहिताविपरीत झुन्ड्याएका चुनाव प्रचार सामग्री सप्तरी प्रशासनले हटाउन थालेको छ।
निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुन्ड्याएको व्यापक जनगुनासो आएपछि स्थानीय प्रशासनले शुक्रबार साँझबाट हटाउन थालेको हो। उम्मेदवारले आचारसंहिता पालना गर्न चासो नदेखाएपछि प्रमुख जिल्ला जिल्ला अधिकारी भागीरथ पाण्डेयको निर्देशनमा राजविराजस्थित गजेन्द्र चोकम झुन्ड्याएका उम्मेदवारका तस्बिरसहित फ्लेक्स ब्यानर र पोस्टरहरु हटाइएको हो।
त्यस्तै, राजविराजका विभिन्न ठाउँमा लगाएको पोस्टर, पम्प्लेट र चुनाव चिह्नअंकित सामग्रीसमेत बरामद गरिएको प्रजिअ पाण्डेयले बताए।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले सप्तरीमा उम्मेदवार र राजनीतिक दलले व्यापकरुपमा आचारसंहिता विपरीत कार्य गरेको पाएकाले कारबाही गर्न आफू पनि बाध्य भएको बताएका छन्। सप्तरीमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ गरी १२ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।