भोजपुर- भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ।
आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो। घर नजिकै रहेको गाईको ग्वालीबाट गाईबस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जल्दा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
दक्षिणी क्षेत्रको विकट गाउँमा आगलागी भएकाले आगो नियन्त्रणमा कठिन भएको थियो। आगलागी करिब दुई घन्टापछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।