• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

घाउ चाँडाे निको नहुने कारण

64x64
नेपाल लाइभ आइतबार, वैशाख ८, २०७६  १४:२५
1140x725

एजेन्सी– हामीलाई घाउ वा चोटपटक लाग्दा आफैं पनि निको हुन्छ । तर कतिपय अवस्थामा हाम्रो शरीरले यस्ता घाउ वा चोटपटक निको/ठीक पार्न सक्दैन र यस्ता घाउ क्रोनिक पनि बन्न सक्छन्। 

घाउ भएको निकै दिनसम्म पनि खाटा नबसे वा अलिकति पनि निको हुने लक्षण देखिएमा डाक्टरकहाँ उपचारका लागि जानु पर्छ ।

आफैं निको हुनुपर्ने घाउ निको नहुने कारणमध्ये केही यस्ता छन् ।

संक्रमण
छाला हाम्रो शरीरलाई हानिकारक ब्याक्टेरियाविरुद्ध प्रतिरक्षाको पहिलो रक्षाकवच हो । तर जब छालामा घाउ हुन्छ वा भनौं छाला च्यातिन्छ वा फाट्छ त्यही ठाउँबाट हानिकारक ब्याक्टेरिया सजिलै हाम्रो शरीरमा प्रवेश गर्छन् । यस्तो घाउमा संक्रमण भए घाउ निरन्तर रातो भइरहन्छ, सुन्निन्छ, दुख्छ र गन्हाउने पानी पनि बग्न सक्छ । संक्रमण भए घाउ चाँडै निको हुँदैन ।

पोषण
घाउ निको हुनु नहुनुमा हामीले गर्ने भोजन र खानेकुराले पनि असर गर्छ । हामीले पर्याप्त फलफूल र हरिया सागसब्जी, तरकारी खाइरहेका छौं छैनौं विचार गर्नुपर्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिन तथा खनिजले शरीर स्वस्थ्य राख्ने मात्र होइन, घाउ पनि छिट्टै निको पार्छन्, खासगरी भिटामिन ए र सीले ।
त्यसैले हामीले घाउ निको पार्न पालुंगो, सखरखण्ड, भिँडे खोर्सानी र सुन्तलाजस्ता सागसब्जी र फलफूल खानु आवश्यक छ । यसका साथै पर्याप्त मात्रामा प्रोटिन खान पनि आवश्यक छ ।

मधुमेह
मधुमेहका बिरामीको शरीरमा ब्लडसुगरको मात्रा धेरै हुने भएकाले घाउ वा चोटपटक छिट्टै निको हुँदैनन् र संक्रमणको जोखिम हुन्छ । ब्लडसुगरले रक्तसञ्चार र रोग प्रतिरोध क्षमतामा नकारात्मक असर पार्न सक्छ ।

उच्च ब्लडसुगरले दुखाइको समाचार मस्तिष्कमा ओसार्ने स्नायुलाई पनि बिगार्न सक्छ । यसो भए शरीरमा घाउ अझै बढ्न सक्छन्, किनभने यस्तो हुँदा मधुमेहका रोगीले के ले हानी गरिरहेको छ थाहा पाउँदैनन् । घाउ निको हुन ढिलो भइरहेको छ भने यो मधुमेहको लक्षण पनि हुन सक्छ, खासगरी खुट्टा र पैतालाका घाउको सन्दर्भमा ।

औषधि उपचार
घाउ ढिलो निको हुनमा हामीले सेवन गरिरहेका औषधि पनि जिम्मेवार हुन सक्छन् । केमोथेरापी र रेडिएसनका औषधिमा हुने रासायनिक पदार्थले हाम्रो शरीरको रोग प्रतिरोध क्षमतामा नकारात्मक प्रभाव पार्छन् । फलस्वरुप घाउ निको हुन कठिन हुन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी एन्टिबायोटिक औषधिले हाम्रो शरीरका फाइदाजनक ब्याक्टेरिया मार्छ । त्यसमाथि दुखाइ कम गर्ने औषधिले हाम्रो शरीरको रोग प्रतिरोध प्रणालीको घाउ निको पार्ने प्रक्रियामा अवरोध उत्पन्न गर्छ । औषधिका कारण नै घाउ निको हुन ढिलो भएजस्तो लागेमा डाक्टरसँग सुझाव लिनु उचित हुन्छ ।

रक्तसञ्चारमा अवरोध
हाम्रो शरीरले घाउ निको पारिरहेका बेला सबैभन्दा महत्वपूर्ण भूमिका राता रक्तकणले निर्वाह गरिरहेका हुन्छन् । राता रक्तकणले नयाँ कोष घाउ भएका ठाउँमा ओसार्छन्, जसबाट हाम्रो शरीरले कोलाजिनको सहायताले नयाँ छाला निर्माण गर्छ । तर रक्त सञ्चारमा अवरोध आए वा ढिलो भए यसले घाउ निको हुन पनि ढिलो हुन्छ ।

यसरी रक्त सञ्चार ढिलो हुनुको कारण मधुमेह, रगत जम्ने, धेरै मोटोपन वा धमनीमा कोलेस्टेरोल जम्ने हुनसक्छ ।

यसैगरी लामो समय ओछ्यान परेका बिरामीको शरीरमा धेरै सुतेर छाला बिग्रन सक्छ र घाउहरू पनि हुन सक्छन् । यस्ता घाउ कहिलेकाहीं छिटो निको नहुन सक्छन् र निको पार्न डाक्टरकै सहयोग लिनुपर्ने हुनसक्छ ।

Xtrem

Xtrem

अल्कोहल
मद्यपानको बानीले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभावमध्ये एउटा घाउ छिटो निको हुन नदिने हो । सन् २०१४ मा प्रकाशित एउटा अध्ययन अनुसार अनुसन्धानकर्ताले उपचार गरिरहेका बेला अल्कोहलका कारण घाउ चोटपटक वा अन्य रोगमा पनि धेरै संक्रमण हुने पत्ता लगाएका थिए ।

अध्ययनका अनुसार खासगरी शल्यक्रिया गरिएका घाउ निको हुन मद्यपानले अवरोध गर्छ । अत्यधिक मद्यपानले सेता रक्तकण नष्ट गर्ने पनि अध्ययनकर्ताले पत्ता लगाएका थिए ।

खुट्टाको नशामा हुने घाउ
कहिलेकाहीं खुट्टामा भएको घाउ निको हुन धेरै समय लागे खुट्टाका नशामा रगत जम्न सक्छ । किनभने खुट्टाबाट पनि रगत मुटुसम्म पुग्नुपर्ने हुन्छ । तर घाउका कारण मुटुसम्म रक्तसञ्चार हुन सक्दैन र वरिपरिको छाला रगतको दबाबले कमजोर हुन्छ र घाउ हुनुका साथै निको नहुने पनि हुनसक्छ ।

घाउको हेरविचार गर्ने तरिका
धेरैजसो सामान्य घाउ वा चोटपटकमा अलिकति ध्यान दिए चाँडै निको हुन्छन् । अमेरिकन एकेडेमी अफ डम्र्याटोलजीले घाउ चाँडै निको पार्न यस्तो सुझाव दिएको छ, जुन हामी सबैका लागि उपयोगी हुन सक्छन् ।

– घाउ वरिपरिको भागलाई साबुन पानीले धुने ।
–    खाटा बस्न नदिन घाउलाई हलुका आर्द्रता राख्नुपर्छ । एकेडेमीले यसका लागि पेट्रोलियम जेली उपयोग गर्न सुझाव दिएको छ ।
–    दैनिक घाउ सफा गर्ने र पट्टी फेर्ने । घाउ सफा रहुन्जेलसम्म सामान्यतया कुनै पनि एन्टिब्याक्टेरियल मलमको आवश्यकता पर्दैन ।
–    डाक्टरले दिएका सुझाव पालना गर्ने ।

सामान्यतया ठूला घाउ वा चोटपटक भए उपचारका लागि डाक्टरकहाँ जानैपर्छ । सबैले थाहा पाउनुपर्ने के हो भने कुनै घाउ वा चोटपटक पूर्ण रुपमा निको हुन ३ सातासम्म लाग्न सक्छ । तर त्यतिमा पनि निको नभए वा घाउको अवस्था हेरी तुरुन्तै वा त्यसपछि डाक्टरकहाँ जानु उचित हुन्छ । एक महिनासम्म पनि कुनै सामान्य घाउ निको नभए तुरुन्त डाक्टरकहाँ जानु पर्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्